बिचौलियाको बिगबिगी ! कसरी रुस पुगेर युक्रेन युद्धमा होमिरहेका छन् नेपाली युवा ?

बिचौलियाको बिगबिगी ! कसरी रुस पुगेर युक्रेन युद्धमा होमिरहेका छन् नेपाली युवा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २२, २०८०

रुस–युक्रेन युद्ध चलिरहँदा पछिल्लो समयमा धेरै नेपाली युवाहरु रुसी सेनामा भर्नाका लागि पुगेको तथ्य बाहिर आएको छ । पछिल्लो समयमा त रुसी सेनामा भर्नाका लागि अवैध रुपमा रुस पठाउने गिरोहका १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले भिजिट भिसामा नेपाली युवालाई रुस पुर्‍याउने र रुसी सेनामा भर्ना गराउने गरेको पाइएको छ । 

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् । उनीहरुलाई काठमाडौंको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ परी अनुसन्धान सुरु गरिएको हो । भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र रुसी सेनामा भर्ती हुन सघाएको आरोप छ ।  

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको युक्रेनमा युद्धका क्रममा मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराम मोक्तान छन् । केही महिनाअघि नै नेपालीहरु रुसी सेनामा धमाधम भर्ना भइरहेको समाचार बाहिर आएको थियो । तर औपचारिक रुपमा कुनै नेपाली रुसी सेनामा भर्ती भएको सरकारले जानकारी दिएको थिएन ।

नेपालीहरु रुसी सेनामा भर्ना हुने नीति नरहेको र त्यसका लागि अनुमति पनि नभएका कारण कति नेपालीहरु रुसी सेनामा भर्ना भएका छन् भन्ने कुनै तथ्यांक नेपाल सरकारसँग छैन । तर विचौलियाहरुले अवैध बाटो हुँदै रुस लगेर भर्ना गराउने गरेको पाइएको छ । यसरी अवैध रुपमा ५ सय भन्दा बढी नेपालीहरु रुसी सेनामा पुगेको हुनसक्ने त्यहाँबाट फर्किएका नेपालीको भनाइका आधारमा अनुमान गरिएको छ ।

प्रहरीले रुसी सेनामा पठाउने गिरोह माथि निगरानी बढाएको छ । गिरोहले रुस पठाउन भारत पु¥याएको आशंकामा भारतको दिल्लीमा पनि भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको छ । रुसी सेनामा भर्ना हुँदा धेरै कमाई हुने आश्वासन दिएर गिरोहले नेपाली युवाहरुलाई ७ लाखदेखि २० लाखसम्म असुलेर रुस पठाउने गरेको पाइएको छ । यसरी रुस पठाउने गिरोहमा कन्सलटेन्सी सञ्चालक समेत भेटिएका छन् । विद्यार्थीलाई पढ्न पठाउने कन्सल्टेन्सी सञ्चालकले व्यक्तिहरूलाई सम्पर्क गरेर रुसमा पठाई सेनामा भर्ना हुन सघाएको पाइएको छ ।

त्यसपछि जेठमा १७३ जना नेपाली नागरिकहरू विभागबाट व्यक्तिगत श्रमस्वीकृति लिएर रुस गएका छन् । त्यसपछि भदौमा ९८ जना श्रमस्वीकृति लिएर रुस गएका छन् । यो वर्ष १३ जना नेपालीले मात्रै रुसमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन लेटर’ पाएका छन् । 

कतिपय नेपालीलाई रुसबाटै निमन्त्रणापत्र मगाएर पनि मस्को पठाउने गरिएको भेटिएको छ । यसरी रुस पुगेकाहरु सेनामै भर्ना हुन गएको देखिदैन । तर त्यहाँ विभिन्न बहानामा पु¥याएर सेनामा भर्ना गराउने गरेको पाइएको छ । युद्ध चर्किएका बेला रुस जानेको संख्या बढ्दा निगरानी बढ्ने डरका कारण गिरोहले भारतको बाटो हुँदै रुसमा सहज ट्रान्जिट भएका देशहरु  तुर्कमेनिस्तान, उज्बेकिस्तान, टर्की, दुबई लगायतका देश हुँदै रुस लैजाने गरेको सूचनाका आधारमा निगरानी बढाएको छ । दिल्लीस्थित राजदूतावासले दिल्लीको बाटो हुँदै रुस जाने नेपालीहरूबारे सूचना संकलन र निगरानी राख्न थालेको छ । 

तेस्रो मुलुक भएर रुस जाने गरेका अधिकांशले रुस जान लागेको देखिने कागजपत्र आफूसँग नराख्ने गरेको पाइएको छ । जसका कारण उनीहरुलाई रुस नै जान लागेको भनेर रोक्न कठिन भएको छ । मस्कोस्थित नेपाली दूतावास र काठमाडौंस्थित रुसी दूतावासले रुसी सेनामा रहेका नेपालीहरूको अनुमानित संख्याबारे केही जानकारी दिएका छैनन् । 
रुसमा पढ्न र रोजगारीका लागि नेपालीहरू युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका छन् । अझै पनि केही नेपाली अध्ययन र रोजगारीका लागि जाने गरेका छन् । वैदेशिक रोजगार विभागको विवरण अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ५१ जना नेपालीहरू श्रम स्वीकृति लिएर रुस गएका छन् । पछिल्लो समयमा यो संख्या बढेको छ । त्यसो त वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा पछिल्लो समयमा उच्च वृद्धि छ ।

गत वैशाखयता मात्रै ३८४ जना नेपालीहरु श्रम स्वीकृति लिएरै रुस गएका छन् । गत वर्ष २९२ जना रुस गएका थिए । यो वर्षको केवल नौ जनाले मात्रै रुसमा काम गर्नका लागि श्रमस्वीकृति लिएका थिए । तर त्यो संख्या जेठमा २० गुणा बढेको पाइएको छ । गत जेठमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनामा एक वर्ष काम गर्ने विदेशीलाई रुसको स्थायी बसोबासको अनुमति दिने योजना ल्याएका थिए ।

त्यसपछि जेठमा १७३ जना नेपाली नागरिकहरू विभागबाट व्यक्तिगत श्रमस्वीकृति लिएर रुस गएका छन् । त्यसपछि भदौमा ९८ जना श्रमस्वीकृति लिएर रुस गएका छन् । यो वर्ष १३ जना नेपालीले मात्रै रुसमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन लेटर’ पाएका छन् । गत वर्ष यस्तो अनुमति लिने विद्यार्थीको संख्या १ हजार हाराहारीमा थियो । रुस युक्रेन युद्धमा मारिएका मध्ये केही मृतक परिवारले मृतक अध्ययनका लागि गएको र रुसी सेनामा भर्ना भएको बताएका छन् ।