प्रियंकाको ब्याकलेस साडीको चर्चा

प्रियंकाको ब्याकलेस साडीको चर्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

काठमाडौं, एजेन्सी । प्रियंका चोपड़ाले हालै एक म्यागजीनको लागि फोटो शुट गराएकी छन् । यसमा उनले साडी लगाएको देखिएको छ तर साडी लगाएपनि उनको ब्याकलेस पूरै खाली देखिएको छ ।

डिज़ाइनर तरुण तहलियानी द्वारा डिज़ाइन गरिएको गोल्डन साड़ीमा प्रियंकाले ब्लाउज लगाएकी छैनन् । भाइरल भैरहेको यो भिडियोमा प्रियंकाले ब्याकलेस पोज दिएकी छन् । 

सामाजिक संजाल प्रयोगकर्ताले उनलाई अझ एक्सपोज गर्न ट्रोल गरिरहेका छन् । 

एक जना प्रयोगकर्ताले तिमी भारतीय भएको नर्बिस, कतै तिमी मातिएकी त होइनौ भनि लेखेका छन् भने अर्का प्रयोगकर्ताले हलिउडमा फिट हुनका लागि तिमी अश्लिलताको हद नाघ्यौ भनेर लेखेका छन् । 

तर यो फोटोशूटको तारीफ गर्दै प्रियंकाले इन्स्टाग्राम लेखेकी छन् फेशन सबै संस्कृतिको अभिन्न अंग हो । भारतमा साड़ी एक महत्वपूर्ण पहिरन हो । मेरो लागि यो फेब्रिक मात्र नभएरु यसले विविध मान्यता राख्छ ।

यसले शालीनता, नारीतत्व तथा महिलाको शक्तिलाई उजागर गर्छ । म साडी लगाएर आफूलाई एकदमै सुन्दर र आनन्दित महशुस गर्छु ।