प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०८०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएको छ ।

प्रमुख शर्मा शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको हो । स्वास्थ्य परिक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको फुयालले जानकारी दिनुभयो ।

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको नीजि सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।