एनटी फाइबर प्रविधि टेलिफोन प्रयोग कर्तालाई एक महिनासम्म डाटा सुविधा निःशुल्क

एनटी फाइबर प्रविधि टेलिफोन प्रयोग कर्तालाई एक महिनासम्म डाटा सुविधा निःशुल्क

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २५, २०८०

एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहनु भएका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरेको नेपाल टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमका  प्रवक्ता शोभन अधिकारीले दिएको जानकारी अनुसार नेपाल टेलिकमले भोलि (२०८० मंसिर २५) देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहनुभएका सेवाग्राहीलाई प्रोमोसनल अफर -Promotional Offer_ का रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ । 

यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । 

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।