अमेरिका स्थित नर्थ क्यारोलाइनामा कुलपति भूपाल राईको एकल कविता वाचन

अमेरिका स्थित नर्थ क्यारोलाइनामा कुलपति भूपाल राईको एकल कविता वाचन

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०८०

अमेरिका । 'सांस्कृतिक सत्ता र समता' का  लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि  भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला  युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको समाचार छ ।

यस क्रममा कुलपति राईले ९ वटा कविता वाचन गर्नुहुँदै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताउनु भएको  थियोे ।यस अघि चितवनबाट सुरु भएको राईको  कविता वाचनको श्रृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रोपटक आयोजना गरिएको थियोे ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर ,नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र  नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजना गरेको समेत प्राप्त समाचारमा उल्लेख छ ।