दुखको कारण नै सोच हो

दुखको कारण नै सोच हो

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  जेठ २३, २०७६

पुरानो  लोककथाका अनुसार गाउँको एउटा घरमा  घरमा  पति पत्नी एकदमै  दुखी थिए । उनीहरुको जीवनमा दुख केही गरे पनि कम भैरहेको थिएन । उनीहरुलाई जीवनभर सुख नहुने भन्ने लागिरहेको थियो । दुख कम गर्नका लागि उनीहरुले धर्म कर्म, जप ध्यान सबै गरे । तर पनि उनीहरुले सोचे जस्तो परिणाम प्राप्त भएको थिएन । 

अब कुनै उपाय नलागेपछि उनीहरुले नजिकैको संतकहाँ गएर आफ्नो सबैकुरा राख्छन । त्यसपछि संत त्यहाँबाट उठेर भित्र गएर एउटा खम्बा समाएर ल यो खम्बाले त मलाई छोड्दै छोडेन भने कराउन थाल्छन् । 

के भयो भनेर सबै गाउँले आएर सोध्न थालेपछि संतले भन्छन मलाई यो खम्बाले छोड्दै छोडेन ।

ज्ञानी संतले यस प्रकारको क्रा गरेपछि गाउँलेले भने यो खम्बाले तपाईँलाई होइन तपाईले खम्बाले नछोडेको हो । 

त्यसपछि उनले ती दुखी पति पत्नीलाई सम्झाउँदै भने तपाईले दुखलाई समातेका कारण दुखले नछोडेको हो । 

त्यसपछि पति पत्नीले सकारात्मक सोचका साथ जीवन बिताउने प्रण गरे । सकारात्मक सोच अपनाउन थालेपछि ती द्खी पति पत्नीको जीवनमा दुखले कहिले बास गरेन ।