जावलाखेलमा रातो मच्छिद्रनाथको रथ

जावलाखेलमा रातो मच्छिद्रनाथको रथ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २४, २०७६

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज किर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोटर  पाँगा सात गाउँका मानिस आएर ठटिोलदेखि इटिोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्‍याएका छन् ।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेका छन् । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

 ‘रथ तान्ने अघिल्लो दिन ८४ वर्षीया ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे’, डङ्गोलले भन्नुभयो,–चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुर्‍यायौँ।’ बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ ।

 आजको चार दिनमा राष्ट्रका विशिष्ठ व्यक्तिको साथमा राष्ट्रप्रमुखद्वारा भोटो देखाइने भएको छ । दर्शन गर्न आउने हजारौँ भत्तजनको भिडले साँझमा जावलाखेल भरिभराउ थियो