प्रगतिको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाशको कृति ‘जङ्क्सन पिपलबोट' लाई पहिचान पुरस्कार

प्रगतिको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाशको कृति ‘जङ्क्सन पिपलबोट' लाई पहिचान पुरस्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २६, २०८०

पहिचान पुरस्कार कोषले २०७९ सालको ’पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र  प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त प्रदान गर्ने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठपुस्तक मध्यबाट दुईवटा कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
 
लामो समयवाट महिलाको लागि बंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आईरहेको नाम हो, ‘प्रगती राई’। उनको आफ्नो कृतिथाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि बंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छिन् ।


 
उन्मुक्त पुस्ता आन्दोलनको अभियान्त मध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनी पहिचान सम्बन्धि लेखन र पत्रकारीतालाई संगसंगै वोकेरहिँडिरेका छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्ष अघिको साहित्यको ईतिहासलाई खोतलेको छ । उनले राजनैति ईतिहासलाई पनि यस कृतिमाकेहि मात्रमा समेटेका छन् ।
 
संस्थाले जनाए अनुसार, २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’९रिमाचुङ सिलीचुङ० गाउँ पालीका वार्ड नम्बर ४ को सुन्दर डाँडाचखियामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र २३ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्र’ गर्नेतालीका तय गरेको छ । कार्यक्रममा पाल्नु  हुने पाहुनाहरुलाई खान र बस्नको लागि ब्यावस्था गरिने संस्थाले जानकारी गराएको छ