शीतलपुर प्रविका दुई सय ७० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण

शीतलपुर प्रविका दुई सय ७० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २७, २०८०

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ । 

विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गर्नुभएको थियो । 

पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई विद्यालय पोसाकको लागि कपडा वितरण गरिएको सूचना प्रविधि अधिकृत विमलेश यादवले जानकारी दिनुभयो ।

विद्यालय पोसाक वितरण कार्यक्रममा वडाध्यक्ष सतेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राय यादव, प्रधानाध्यापक सुशील यादवलगायत शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । पर्सा गाउँपालिकामा रहेका आठ वटा सामुदायिक विद्यालयमा करिब ४७ विद्यार्थी अध्ययनरत रहेको सूचना प्रविधि अधिकृत यादवले जानकारी दिनुभयो ।