भन्सार विभागको महानिर्देशक विरुद्ध अख्तियारमा उजुरीका चाङ: शोभाकान्त पौडेल अनुसन्धानको दायरमा

भन्सार विभागको महानिर्देशक विरुद्ध अख्तियारमा उजुरीका चाङ: शोभाकान्त पौडेल अनुसन्धानको दायरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०८०

काठमाडौं । पूर्व अर्थ मन्त्री जनार्दन शर्मा निकट भएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा अर्थमन्त्री डा. प्रकाशशरण महतले  भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरीका चाङ लाग्न थालेको छ ।

 भन्सार विभागका कर्मचारीहरुसँग सेटिङ गरेर अहिले पनि सुन देखि  करोडौंका सामानहरु भित्रिरहेको भन्दै उजुरीको चाङ लागेका हुन र साेही आधारमा महानिर्देशक पौडेलमाथि ख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाइएको आयोग स्रोतले जानकारी दिएको हो 

आयोग स्रोतका अनुसार  अख्तियार स्रोतका अनुसार वीरगञ्ज सुक्खा बन्दरगाहमा आउने कन्टेनरहरुमा भन्सारकै कर्मचारीहरुको सेटिङमा सुपारी, केराउ, पोस्तादाना, ल्वाङ, सुकमेल र विदेशी मदिरा आएको उजुरी पाएपछि महानिर्देशक पौडेललाई अख्तियारले वयानका लागि बोलाएको छ ।

अख्तियार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङबिना सुन, सुपारी, विदेशी मदिरा, पोस्तादानालगायत सामग्री कन्टेनरमा आउन सम्भव रहेकाे आयोग स्रोत दावी गर्छ । 

वर्षौंदेखि भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा अर्बौं राजस्व छली र तस्करी भइरहेको छ । एउटा सामानको भन्सार तिरेर अर्कै अवैध सामान भन्सारबाटै बाहिरिन थालेको सूचनाका आधारमा महानिर्देशक पौडेललाई अख्तियारले अनुसन्धानको दायरमा ल्याएको हाे ।

 प्रधानमन्त्री  अर्थमन्त्री महतका विश्वासपात्र पौडेल महानिर्देशक भएर भन्सार विभागमा गएको एक महिनामै रेडी ट्रेडर्सले एक हजार ९ सय ९७ किलो सामान भन्सारबाट बाहिर निकालेको थियो । जसमध्ये असार २९ गते ३६ वटा कार्टुनमध्ये ८ कार्टुन राजस्व अनुसन्धान विभागले बरामद गरेर हेर्दा त्यसमा ६० किलो सुन फेला पारि सकेके छ

 प्रकरणले पनि विभिन्न सामानको नाममा सुन तस्करी भइरहेको पुष्टि हुन्छ । यस घटनामा केन्द्रीय अनुसन्धान ब्यूरोले महानिर्देशक पौडेलसँग सोधपुछसमेत गर्न आवश्यक ठानेन । उल्टै महानिर्देशक पौडेलले हङ्कङको भन्सारलाई सामान चेक नगरी किन पठाएको भनेर पत्राचार गरे । जबकि नेपालको भन्सारमा आएको सामान चेकजाँच गर्ने काम नेपालकै भन्सारको हो ।

भन्सार स्क्यानरले समेत शंकास्पद वस्तु देखाउँदा पनि भन्सार कर्मचारीले त्यस्ता सामानको पुनः परीक्षण गर्न आवश्यक ठानेन । जसका कारण रेडी ट्रेडर्सले ब्रेक सुको नाममा पटक–पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी गरेको पुष्टि हुन्छ । तर पनि महानिर्देशक पौडेलले आफू तस्करीमा संलग्न नभएकोले, संलग्न कर्मचारीहरुमाथि कडा कारबाही हुन्छ भन्दै नैतिक जिम्मेवारीबाट उम्कँदै आएका छन् । पौडेल महानिर्देशक भएर आएपछि रेडी ट्रेडर्सले पटक–पटक गरी ८७३ किलो ब्रेक सु भित्र्याएको हानिर्देशक पौडेलकाे संग्नता भएकाे भन्दै समेत उजुर परेको छ । 

भन्सारकै सेटिङमा देशभरि तस्करी मौलाउन थालेपछि भन्सारबाट छुटेका सामानमाथि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन थाल्ने योजना बनाएको छ । भन्सारले एउटा सामानको भन्सार शुल्क लिएर अर्कै सामान भित्र्याउन थालेपछि अख्तियारमा उजुरी बढ्ने क्रम पनि बढेको छ ।