हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण

हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २८, २०८०

काठमाडौँ । साहित्यकार हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिंदा’को लोकार्पण भएको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्ष्यतामा कृतिको लोकार्पण भएको हो ।लोकार्पित पुस्तकमाथि बोल्दै प्राडा गौतमले नयाँ विधा लेखेर स्थापित गराउन निकै चुनौतीपूर्ण हुने बताए। उनले भने, ‘सिद्धान्तीकरण गर्नुपर्छ। अनुयायी जन्माउनुपर्छ। त्यसपछि समालोचकले सिद्घान्त बनाउने गरेका हुन्छ।’

प्राडा कृष्णप्रसाद दाहालले उनको सयात्रामा नियात्राका प्रशस्त तत्त्व भएको बताए, ‘नियात्रामा सिद्धान्तबाट हेर्दा नियात्रा नै हो। एउटा बाटो हिंडदाभन्दा नयाँ बाटो हिंड्दा नयाँ दृश्य देखिने बताए।

समालोचक प्राडा कृष्णप्रसाद दाहालले कृतिबारे बोल्दै सयात्रा भनिए पनि यो नियात्राझैं लाग्ने उल्लेख गरे। उनले सर्जक थापाले सुरु गरेको यस उपविधामा नियात्राभन्दा केही पृथक तत्व र संरचना देखिनु पर्नेमा जोड दिए। उनले कृति सुन्दर बनेको र यसमा अमेरिकामा बस्ने नेपालीको पीडा अभिव्यक्त भएको बताए। उनले यसको सिद्धान्त निर्माणका लागि अन्य लेखकहरूले पनि सयात्रामा कलम चलाउनु पर्ने बताए। 

सयात्राको लेखक हरि थापाले  यात्रा धेरै कुरा सँगसँगै हुने भएकाले कुनै छुटयाउन नमिल्ने भएकाले सयात्राको धारणा ल्याएको बताए। उनले भने, ‘यात्रा गर्दा साथी, ठाउँ, सवारी साधन सबै  एकैसाथ हुन्छ। कुनै पक्ष छुटयाउँदा अपूर्ण हुने रहेछ।  सबै कुरा अटाउनुपर्छ भन्ने मान्यतामा सयात्राको प्रतिपादन गरेको हुँ।

कार्यक्रममा सभापति श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, देविका तिमिल्सिना र मधु पाठकले पनि सयात्राको बारेमा बोलेका थिए । 

यसअघि दुई सयात्रा पुस्तक प्रकाशित गरिसकेका थापाको यो आठौँ कृति हो ।