सशस्त्र प्रहरी बलद्वारा ३१ लाखभन्दा बढिको सामानसहित साकिर हुसेन नियन्त्रणमा

सशस्त्र प्रहरी बलद्वारा ३१ लाखभन्दा बढिको सामानसहित साकिर हुसेन नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३०, २०८०

काठमाडौँ । बाँके जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारी बाट मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल सहायक प्रवक्ता तथा  सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य मध्य १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मुर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री सहित जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ५ वस्ने ५० वर्षिय कमल हलुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षिय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य करीब ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।