प्राज्ञ-प्रतिष्ठानमा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श

प्राज्ञ-प्रतिष्ठानमा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ३०, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको  देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो कार्यक्रम  हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा  आयोजना  हुँदै आएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा' ले  ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचान गरी  तिनको अस्तित्व  संरक्षण गर्न दत्त चित्तका साथ प्रतिष्ठान लागिपरेको  बताउनुभएको थियोे ।

यसैगरी कार्यक्रममा  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले मातृभाषा साहित्य श्रृङ्खलाले पहिचान र  चेतनालाई व्यापक बनाउन र एकआपसमा सु परिचित हुन सहयोग पुगेको बताउनुभएको थियोे ।

यसैगरी कार्यक्रममा  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख एवम् कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले आफ्नो मातृभाषालाई  व्यक्तिले  संरक्षण गरेर मात्रै सम्भव छैन ।त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेटको व्यवस्था गर्नु पर्दछ  ।साथै ,जुन अघिल्लो पुस्तासँग भएको  मातृभाषा ,रैथाने ज्ञान र सीपलाई अभिलेखिकरण  गर्नलाई  बजेटको सीमितता भए पनि प्रज्ञा-प्रतिष्ठान सक्रियतापूर्वक लागि परेको बताउनुभएको थियोे ।

यस कार्यक्रममा  गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा-साहित्यकी  अन्वेषक गौरी तमूले  ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । यस कार्यपत्रमा पहिचान सम्बन्धि अवधारणा ,गुरुङ साहित्यको विकास र विस्तार ,गुरुङ भाषाको साहित्य,श्रुति साहित्य ,लिखित साहित्य,श्रव्य(दृश्य साहित्य,गुरुङ भाषाको साहित्यमा पहिचान ,गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि विषयवस्तुलाई समेटिएको छ ।

उक्त कार्यपत्र माथि सहभागीका तर्फबाट  सिताराम गुरुङ ,रामकाजी कोने, मणिराज गुरुङ,सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गर्नुभएको थियो ।
    यस कार्यक्रममा मगर ढुट भाषाका कवि हिरा राना मगर,तामाङ भाषाका कवि रिना बम्जन र खालिङ भाषाका कवि  रेजिना खालिङले आ-आफ्नो कविता वाचन गर्नुभएको थियोे ।
  यस कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।