के मजा छ र !

के मजा छ र !

सुरेश राई  |  साहित्य  |  पुष २, २०८०

रोई गरेको मलाई  वरणमा के मजा छ र !
बिन्ती समाकJ चढाई चरणमा के मजा छ र !

बुझ्न समय लाग्यो धेरै,बुझेँ जब त गहिरो बुझेँ 
यहाँ मुर्दा  हृदय हरेको हरणमा के मजा छ र ! 

जाऊ तिमी मबाट टाढा , प्रेम गर ,बाँच र मुस्कुराऊ 
न भक्ति ,न प्रेम, उसै परेको शरणमा के मजा छ र !

मर्नुको पनि त आफ्नै कायदा र सौन्दर्य हुँदो हो 
बाध्य जिउँदै बनेको त्यो ,मरणमा के मजा छ र !

रोई गरेको मलाई वरणमा के मजा छ र !
बिन्ती समाको चढाई चरणमा के मजा छ र !