ब्रिटिश काउन्सिल 'आईईएलटीएस प्राइज २०२३': रिजु अधिकारीलाई  ८ लाख ४० हजार

ब्रिटिश काउन्सिल 'आईईएलटीएस प्राइज २०२३': रिजु अधिकारीलाई  ८ लाख ४० हजार

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष २, २०८०

काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको ब्रिटिश काउन्सिलले जनाएको  छ ।

आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।

प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ 

रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार)
उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार)
रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार)

यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् ।


हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ । 

‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।

आईएलटीएसबारे 

अन्तरराष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) उच्च शिक्षा र आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर झन्डै १२ हजार संगठनहरूले आईईएलटीएसलाई विश्वास गरिरहेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी र पेशागत निकायहरू प्नि छन् ।
आईईएलटीएस ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीएस अष्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट इंगलिशको संयुक्त स्वामित्वमा रहेको छ । थप जानकारीका लागि www.ielts.org    मा  हेर्न सकिने समेत  ब्रिटिश काउन्सिलले जनाएको छ । 

ब्रिटिश काउन्सिलबारे 
ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसरका लागि बेलायती अन्तरराष्ट्रिय संगठन हो । हामीहरू बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एकआपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई टेवा दिन्छौं । हामीले यो काम हाम्रो कलाकृति, संस्कृति र अंग्रेजी भाषामार्फत गर्छौं । यसका लागि हामीले २ सयभन्दा धेरै देश र क्षेत्रसँग मिलेर काम गरिरहेका छौं । विश्वका सयभन्दा धेरै देश र क्षेत्रमा हामी छौं । सन् २०२१–२२ मा हामी ६५ करोड मानिस माझ  ब्रिटिश काउन्सिल जनाएको छ ।