दीपक बस्नेतको तेस्रो गीत 'बिहे गरी खेलौँ' बोलको गीत सार्वजनिक (भिडियोसहित)

दीपक बस्नेतको तेस्रो गीत 'बिहे गरी खेलौँ' बोलको गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २, २०८०

काठमाडौं। दीपक बस्नेतको तेस्रो गीत 'बिहे गरी खेलौँ'  बोलको गीत सार्वजनिक भएको छ ।

बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहे गरी खेलौँ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

'बिहे गरी खेलौँ' गीतमा बाल्यकालमा रमाउँदै खेलीएको क्षणहरूलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत सिर्जनामा निक्कै रुची राख्छन् ।

चर्चित बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।

'बिहे गरी खेलौँ'  बोलको गीत यहाँ क्लिक गरेर हेर्न सकिन्छ