शैलुङमा स्रष्टा घर निर्माण गरिने:कविता यात्रामा राजधानीका सर्जकहरू शैलुङ जाँदै

शैलुङमा स्रष्टा घर निर्माण गरिने:कविता यात्रामा राजधानीका सर्जकहरू शैलुङ जाँदै

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ३, २०८०

काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म 'कविता यात्रा'को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ । 

यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ जाँदै हुनुहुन्छ । कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा। डा। गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहनु भएको छ । 

यसैगरी चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी, रितु कंडेल, गंगा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मीहरु पुष्पा थपलिया, हेम थपलियालगायत हुनुहुन्छ । 

कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको सहभागीता रहनेछ । 

शैलुङ गाउँपालिका-८, भैंसे स्थानीय आयोजक रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त हुनुहुन्छ । 

कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा ूस्रष्टा घरूको शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । 

साहित्यिक पत्रकार संघले वि। स। २०४२ सालमा दोलखा जिरीमा कविता यात्राको आयोजना गरेको 
थियो । 

शैलुङ परिचय 

साहित्यिक पत्रकार संघको परिचय           
नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको साहित्यिक पत्रकार संघको स्थापना २०२९ सालमा भएको हो । 

नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरु सम्पन्न गर्दै आइरहेको छ । यसले राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा अग्रसर हुँदै आएको छ । 

साहित्यिक पत्रकार संघले वि।सं। २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कविता  यात्रा, साहित्यिक वनभोज, आत्मवाचन कार्यक्रम, सम्मान अभिनन्दनलगायतका कार्यक्रमहरूसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता, सापस साहित्यिक पत्रकारिता पुरस्कार, मुस्याचु पुरस्कार, इतिहास, संस्कृति अन्वेषण भूवन पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कारलगायतका पुरस्कार आदि प्रदान गर्दै आएको  छ ।  

यसले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाइजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरुको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ । यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन पनि प्रकाशन गर्दै आइरहेको छ ।