कुमारी बैङ्क 'एक्सीलेन्स इन कन्जुमर कार्ड-क्रडिट'द्वारा सम्मानित

कुमारी बैङ्क 'एक्सीलेन्स इन कन्जुमर कार्ड-क्रडिट'द्वारा सम्मानित

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ४, २०८०

काठमाडौँ ।  भिसा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्स इन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएको  छ । 

बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा २०८० पुष ०३ मंगलबार आयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023' कुमारी बैंक सम्मानित भएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।