सशस्त्र प्रहरी तर्फ कस्तुरीको बिना जस्तो देखिने बस्तु बोकेको झोला झुर्‍याउँदै फरार

सशस्त्र प्रहरी तर्फ कस्तुरीको बिना जस्तो देखिने बस्तु बोकेको झोला झुर्‍याउँदै फरार

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०८०

बाँके ।  बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको  सशस्त्र प्रहरीले जनाएको छ ।

   सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार  प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ । 

 भारतबाट नेपालतर्फ आउदै गरेका ब्यक्तिले सशस्त्र प्रहरीलाई देख्ना साथै आफुले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।

बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।