पर्वतारोहण सञ्चालक संघको अध्यक्षमा पुनः डम्बर पराजुली

पर्वतारोहण सञ्चालक संघको अध्यक्षमा पुनः डम्बर पराजुली

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष ६, २०८०

काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । 

संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभा, सम्मान तथा प्रमाणपत्र वितरण समारोहमा डम्बर पराजुलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचन गरेकाे हो ।

पर्वतारोहण सञ्चालक संघ नेपालका निवर्तमान महासचिव तथा नवनिर्वाचित द्धितीय उपाध्यक्ष  शिवराज थापाले दिनुभएको जानकारी अनुसार संघ प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्धितीय उपाध्यक्ष  शिवराज थापा, महासचिवमा ऋषिराम भण्डारी, सचिवमा दावा स्टोभेन शेर्पा, कोषाध्यक्षमा दाव सान्जेन लामा शेर्पालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा कृष्णकुमार अर्याल, मुरारी शर्मा, जीवन घिमिरे,नविन त्रिताल, चाङदावा शेर्पा, मिङमा डेनिड शेर्पा र बावु शेर्पालाई सर्वसम्मतिले निर्वाचित गरेको छ । 

१५ वार्षिक साधरण सभा, सम्मान तथा प्रमाणपत्र वितरण समारोहलाई सभापतिको आसनबाट अध्यक्ष डम्बर पराजुलीले  पर्वतारोहण सञ्चालक संघ नेपालले सम्पादन गरिरहेका काम र झेल्दै आएका कठिनाइका बारेमा समारोहमा लिखित रुपमा प्रस्तुत गर्नु भएको थियो भने प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्ले आफु भर्खरै मन्त्रालयको जिम्मेवारीमा आएको  पर्वतारोहण सञ्चालक संघले उठाएका र प्रशासनिक नेतृत्वले गर्नुपर्ने सहजीकरणका लागि तम तयार रहेकाे जानकारी गराउनु भएकाे थियो ।  

समारोहमा गत वर्ष विभिन्न  हिमालमा डोरी बिच्छ्याउने कार्य समयमा र सफलता पूर्वक सम्पन्न गर्ने कम्पनि तथा एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई प्रशंसा पत्र र खादा ओढाइ सम्मान गरिएको थियाे भने समारोहको सञ्चालन निवर्तमान महासचिव तथा नवनिर्वाचित द्धितीय उपाध्यक्ष  शिवराज थापाले गर्नु भएकाे थियो ।