महासङ्घको नाम,झण्डा,लोगो,छाप, लेटर प्याडको दुरुपयोग गर्नेलाई कारवाहीको माग (प्रस्तावको पूर्ण पाठसहित)

महासङ्घको नाम,झण्डा,लोगो,छाप, लेटर प्याडको दुरुपयोग गर्नेलाई कारवाहीको माग (प्रस्तावको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ८, २०८०

काठमाडौ । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको तेस्रो बैठकले पेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको विगत लामो समय देखि दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरूको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समूहलाई कारवाही गर्न पुनः नेपाल सरकार समक्ष जोडदार माग  गरेको छ ।

पेसागत महासङ्घ नेपालका महासचिव राजन रेग्मीका अनुसार २०८० पौष ६ र ७ गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता तथा  पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उपरोक्त निर्णय गरेकाे हा । 

बैठकले  संघीय प्रतिनिधि सभामा पेश भएर  समितिको छलफलमा पेश भएको विद्यालय शिक्षा कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकलाई सरोकारवालाहरुको राय परामर्श, शिक्षक आन्दोलनको भावना अनुरुप सार्वजनिक शिक्षा र शिक्षकहरुको पेसागत हकहितको पक्षपोषण हुनेगरी यथाशिघ्र पारित गर्न  र संघीयता लागू  भएको ८ वर्ष व्यतीत हुँदा पनि संघीय निजामती सेवा ऐन जारी नहुँदा सेवा सुरक्षा, कृत्तिवास, सेवा प्रवाह लगायतका विषयमा गंभीर प्रभाव परेको हुँदा सरोकारवाला पेसागत संगठनहरुसँग छलफल तथा सहमति गरी यथाशीघ्र ऐन जारी गर्न यो वैठक ध्यानाकर्षण गराएको छ । 

बैठकमा नेकपा (एकीकृत समाजवादी) का मोर्चा  प्रमुख डा. बिजय पौडेल, पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरूको उपस्थितिमा भएको बैठकमा महासचिव राजन रेग्मी र कोषाध्यक्ष ध्रुव पौडेलले पेश गर्नु भएको क्रमशः सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर व्यापक छलफल गरि महत्वपूर्ण निर्णय गरेको छ । यश सन्दर्भमा महासङ्घको सुदृढीकरण र विस्तार अभियान २०८० पौष १५ देखि चैत सम्म संचालन गर्ने,  महासङ्घको प्रदेश स्तरीय भेला, बैठक, जिल्ला स्तरीय भेला बैठक आयोजना गर्ने तथा जनसरोकारका विषय र पेसागत सवालका विषय समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार समक्ष मागको रुपमा पेश गर्ने  आदि निर्णय सहित समसामयिक विषयका निम्न प्रस्ताव पारित  गरिएको महासङ्घले जनाएको  छ ।  

प्रस्ताव पारित प्रस्तावको पूर्णपाठ 

१ .  बैठक जाजरकोट तथा रुकुम पश्चिममा भूकम्प पीडितहरुको राहत तथा पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको छ  । यस्तै गत असोज महिनामा वझाङ जिल्लामा गएको भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुननिर्माणमा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउँदछ ।
२.बैठक NCELL को न्यून मूल्याङ्कन गरी शेयर खरिद विक्री गर्ने कार्य गरेर नेपाल सरकारको करछली गर्ने, संवन्धित संस्था, व्यक्तिहरुलाई यथाशीघ्र कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँदछ । 
३.बैठकले पेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटरप्याडको विगत लामो समय देखि दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरुको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समुहलाई कारवाही गर्न पुनः नेपाल सरकार समक्ष जोडदार माग  गरेको छ । 
४.संघीय प्रतिनिधि सभामा पेश भएर  समितिको छलफलमा पेश भएको विद्यालय शिक्षा कानुनलाई संसोधन र एकीकरगण गर्न वनेको विधेयकलाई सरकोकारवालाहरुको राय परामर्श, शिक्षक आन्दोलनको भावना अनुरुप सार्वजनिक शिक्षा र शिक्षकहरुको पेसागत हकहितको पक्षपोषण हुनेगरी यथाशिघ्र पारित गर्न  र संघीयता लागू  भएको ८ वर्ष व्यतीत हुँदा पनि संघीय निजामती सेवा ऐन जारी नहुँदा सेवा सुरक्षा, बृत्तिविकास, सेवा प्रवा लगायतका विषयमा गंभीर प्रभाव परेको हाँदा सरोकारवाला पेसागत संगठनहरु सँग छलफल तथा सहमति गरी यथाशीघ्र ऐन जारी गर्न यो वैठक ध्यानाकर्षण गराउँदछ । 
५. बैठक पेसागत महासंघ नेपालले उठाएका निम्न मागलाई गतबर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सम्बोधन गरीएको तर चालू आर्थिक  वर्षको  बजेट बक्तव्यमा उल्लेख नगरेको र हटाइएकोमा पुनः कार्यक्रममा समावेश गरी लागु गर्न ध्यानाकर्षण गराउँदछ ।
१)  सरकारी विद्यालय, सरकारी क्याम्पसहरुमा स्थायी दरबन्दी निर्धारण गरी करार, अस्थायीको समस्या समाधान गरीने उल्लेख भएको हुँदा यसको कार्यान्वयन गर्न ।
२) ७५३ वटै पालिकामा सुपथमूल्यका पसल स्थापना गरीने तथा न्यून आय भएका जनता र श्रमिकलाई रासन कार्ड÷खाध्य कार्ड वितरण गरीने उल्लेख भएको हुँदा यसलाई लागु गर्न । 


३) कृषि सामाग्री, दुग्ध विकास, खाध्य तथा आपूर्ति, साझा यातायात, औषधी लिमिटेडको पुनसंरचना गरी संघ, प्रदेश र स्थानीय सरकारको शेयर स्वामित्व हुने गरी पुनर्संरचना गरेर ७५३ वटै पालिकामा सेवा विस्तार गर्ने विषयलाई कार्यान्वयन गर्न । 
४)  अस्थायी, करारका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनका लिागि सामाजिक सुरक्षाका लागि  सरकारले लगानी गर्ने प्रतिवद्धता कार्यान्वयन गर्न । 
५) गोरखकाली रबर उधोग भारु रु ३ अर्ब जति विनियोजन गर्दा संचालन हुने विश्लेषण भएकोले यसले रोजगारी र आयात प्रतिस्थापन गर्न मद्दत पु¥याउने हुनाले सञ्चालन गर्न । 
६. बैठक मुलुकमा रहेका सहकारी संस्था तथा लघुवित्त क्षेत्र संकटको अवस्थामा पुगेको विश्लेषण भइरहेको विद्यमान अवस्थामा साना तथा विपन्न वर्गको आर्थिक कारोवारको माध्यम यि संस्थाहरुको समस्या एकिन गरी तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
७. सरकारले संघीयता लागू भए पछि झन्डै ६०० सामाजिक परिचालिकाहरु र भौतिक विषय स्थानीय तहमा हस्तान्तरण गरेकोमा  यसरी हस्तान्तरण गर्दा हाल कतिपय पालिकामा सामाजिक परिचालिकाले काम गरीरहेको, काम गरीरहेका मध्ये कतिपयले न्यूनतम तलब सुविधा भन्दा कम रकममा काम गरीरहेको, विगतमा काम गरेको तर कतिपयलाई कामबाट हटाइ तलब सुविधा नपाएको र यसका लागि केन्द्रमा कुनै मन्त्रालय  जवाफदेही नबनेको हुँदा मन्त्रीपरिषदबाट नै अध्ययन गरी रकम भुक्तानी दिनुपर्ने, कम तलब सुविधा पाई रहेको हकमा सरकारले निर्धारण गरेको न्यूनतम तलब सुविधा प्रदान गर्नुपर्ने र कामबाट अलग गरीएका लाई काममा लगाउन मन्त्रीपरिषदबाट सम्बन्धित स्थानीय तहका पालिकाहरुलाई परिपत्र गर्न गराउन सरकारको ध्यानकर्षण गराउँदछ । 
८. बैठक निजामती अस्पतालमा विगत १२ वर्ष देखि काम गर्दै आएका ३९ जना स्वास्थ्यकर्मीहरुलाई हटाउन खोजेको र त्यहाँका स्वास्थ्यकर्मी आन्दोलनमा रहेको हुँदा यथा शक्य वार्ताद्वारा समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदछ । 
९.बैठक वीमा व्यावसायलाई विकास र विस्तार गर्न वीमा अभिकर्ताहरुको कामलाई संरक्षण गर्न तथा वीमा अभिकर्ताहरुको अधिकारुलाई सुनिश्चित गरी राज्यले अभिकर्ताहरुबाट लिदै आएको करलाई अन्तिम कर वनाउन सरकारसँग माग गर्दछ ।  
१०. बैठक श्रमिक पेसाकर्मीको विधायिका लगायत नीति निर्माणको तह, योजना आयोग लगायत श्रमिक पेसाकर्मा सम्बद्व संचालक समिति र वोर्ड आदिमा पेसागत क्षेत्रबाट प्रतिनिधित्व  गराउन सरकार तथा राजनीतिकदलहरुको ध्यानाकर्षण गराउँदछ ।
११. बैठक नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यबाट सामाजिक तथा धार्मिक एकता खलवलिने गरी आएकोे अभिव्यक्ति को भत्र्सना गर्दै यस्ता खालका गतिविधि रोक्न सरकार तथा सम्वन्धित निकाय समक्षा माग गर्दछ 
१२.  बैठक इजरायल–प्यालेष्टाईनका वीच भइरहेको युद्धमा परि निधन भएका १० जना युवा विद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ  र युद्द अपहरणमा परेका कन्चनपुरका विपिन जोशी लाई सकुशल रिहाई गर्नका लागि सिघ्र पहल गर्न सरकार सँग माग गर्दछ । साथै प्यालेष्टाइनी जनताले विगत ६ दशक देखि आफ्नो मातृभूमिको रक्षाकालागि गरेको संघर्ष र आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गर्दछ र इजरायल प्यालेष्टाइनका वीच भइरहेको युद्ध वार्ताको माध्यमबाट अन्त्य गरी शान्ति कायम गर्न सम्वन्धित पक्षको  ध्यानाकर्षण गराउँदछ । 
१३.  बैठक यस महासङ्घका केन्द्रीय सदस्य सौभाग्य शाहीका आमा वाजुरा निवासी धर्मा शाही तथा केन्द्रीय सदस्य अम्विका घिमिरेकी सासु आमा पाल्पा निवासी विष्णु कुमारी घिमिरेको असामयिक देहावसान भएकोमा हार्दिक श्रद्धञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।