'युवा विद्यार्थी पलायन: परिस्थिति र परिवर्तनको बाटो' वक्तृत्वकला मित्रनाथ खनाल प्रथम

'युवा विद्यार्थी पलायन: परिस्थिति र परिवर्तनको बाटो' वक्तृत्वकला मित्रनाथ खनाल प्रथम

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ९, २०८०

भोजपुर । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले कोशी प्रदेश स्तरिय 'युवा विद्यार्थी पलायन: परिस्थिति र परिवर्तनको बाटो' विषयक वक्तृत्वकला आयोजना गरेको छ ।

अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाससिंह राईको अध्यक्षता र अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वक्तित्वकलामा दिक्तेल बहुमुखी क्याम्पस खोटाङका मित्रनाथ खनाल प्रथम, केन्द्रीय प्रविधि क्याम्पस धरानका ओसिन थापा दोस्रो र भोजपुर बहुमुखी क्यापस भोजपुरकाका प्रतिमा पाण्डे तेस्रो भएका थिए । प्रथम, दोस्रो र तेस्रो प्रतियोगीलाई क्रमशस् नगद रू २००००,१५००० र १०००० रकमका साथै प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य मिलन राईले राजनीतिले गर्नु पर्ने काम नगरेका कारण राजनीति सबैको चासोको बिषय बन्नु पर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू अध्यक्ष आरती लामाले राजनीतिक भागबन्डाको भिसी नियुक्तिका कारण विश्वविद्यालय धरासयी बनेको साथै भिसी विद्यार्थीको भविष्य प्रति उत्तरदायी नभएको र शिक्षाकै कारण युवा विद्यार्थी विदेशिनु पर्ने भयावह स्थिति सिर्जना भएको बताउनु भयो ।