एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलियासँग वेस्ट इण्डिज स्तब्ध

एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलियासँग वेस्ट इण्डिज स्तब्ध
वेस्ट इण्डिजविरुद्धको खेल जितेपछि खुसीयाली मनाउँदै अस्ट्रेलियाका खेलाडी । तस्बिर ; क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २४, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार सुरुवात गरेको वेस्ट इण्डिज आफ्नो दोस्रो खेलमा अस्ट्रेलियासँग स्तब्ध बनेको छ ।

बिहीबार राती सम्पन्न देलमा वेस्ट इण्डिज अस्ट्रेलियासँग १५ रनले पराजित भएको हो ।

२८९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ९ विकेटको क्षतिमा २७३ रनमात्रै बनाउन सक्यो । उसका लागि साई होपले र कप्तान जेसन होल्डरले मात्रै अर्धशतकीय पारी खेले । होपले सर्वाधिक ६८ रन जोड्दा होल्डरले ५१ रन बनाए । यस्तै, निकोलस पुरनले ४०, क्रिस गेल र सिमरोन हेटमेरले २१–२१, एसली नर्सले १९ रनको योगदान दिए ।

बलिङतर्फ मिचेल स्टार्कले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ४६ रन खर्चिए । यस्तै, प्याट कमिन्सले २ तथा एडम जाम्पाले १ विकेट चट्काए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको अस्टे«लियाले ४९ ओभरमा अलआउट हुँदै २८८ रन जोड्यो । बलर नाथन कुल्टर नायलले आक्रामक पारी खेलेपछि अस्ट्रेलियाले सम्मानजनक स्कोर बनायो । नायलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ९२ रन जोडे । यस्तै, स्टिभ स्मिथले ७३ रनको योगदान दिए । १०३ बलको सामना गरेका उनले आफ्नो पारीमा ७ चौका प्रहार गरे । यस्तै, एलेक्स केरीले ४५, मार्कस स्टोनिसले १९ र उस्मान ख्वाजाले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कार्लाेस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए । यस्तै, ओसाने थोमस, सेल्डन कट्रेल र आन्द्रे रसलले समान २ विकेट लिए । कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो ।

खेलको प्लेअर अफ दि म्याच नाथन कुल्टर नायल घोषित भए ।