गुल्मी समाज पोल्याण्डको अध्यक्षमा  बिजय खरेल  'बिजुु'

गुल्मी समाज पोल्याण्डको अध्यक्षमा  बिजय खरेल  'बिजुु'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०८०

पोल्याण्ड । गुल्मी जिल्लाबाट पोल्याण्डमा आएर बसोबास गर्ने नेपालीको साझा संगठन गुल्मी समाज पोल्याण्डले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ।

पोल्याण्डको राजधानी वार्सास्थित हिमालय यति रेस्टुरेन्टमा हिजो भएको अधिवेशनले बिजय खरेल बिजुको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हो।

अधिवेशनले उपाध्यक्ष नुमनाथ न्यौपाने, महिला उपाध्यक्ष कल्पना गैरे अर्याल, सचिव सन्दिप जिसी, सह सचिव सुरेन्द्र शर्मा, कोषाध्यक्ष आशिष न्यौपाने, सह कोषाध्यक्ष  डिल्लीराज अर्याललाई सर्वसम्मत चयन गरेको छ।

यसैगरी सदस्यहरूमा कृष्ण ज्ञवाली (बाबुराजा), दुर्गा खरेल, गीता शर्मा कंडेल, प्रकाश पान्डे, सुमन खरेल, श्याम खरेल, दुर्गा थापा मगर, आशिष रायमाझी, प्रकाश अर्याल र  नेत्रलाल घिमिरे चयन भएका छन्।

प्रमुख संरक्षक प्रकाश तिवारी, संरक्षक रिता तिवारी न्यौपाने, प्रमुख सल्लाहकार भिमलाल उपाध्याय(बिदुर शर्मा) तथा सल्लाहकार जीवन शर्मालाई चयन गरिएको संस्थाका निवर्तमान अध्यक्ष बिदुर शर्माले जानकारी दिए।
 
अधिवेशनमा स्थानिय कलाकार सन्तोष अधिकारी, गोकुल खरेल, विशाल सापकोटा बिजु खरेल, मानभी मगर, सुरज हिताङले आफ्नो प्रस्तुतिसमेत दिएका थिए।अधिवेशन भिमलाल उपाध्याय(बिदुर शर्मा) को अध्यक्षता तथा नुमनाथ न्यौपानेको सञ्चालनमा भएको थियो।