महालक्ष्मी विकास बैंक:काठमाडौँ, मकवानपुर र रुपन्देही स्वास्थ्य, होटल तथा रेष्टुरेन्टमा विशेष छुट

महालक्ष्मी विकास बैंक:काठमाडौँ, मकवानपुर र रुपन्देही स्वास्थ्य, होटल तथा रेष्टुरेन्टमा विशेष छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ११, २०८०

काठमाडौँ  ।महालक्ष्मी विकास बैंक लिमिटेड २०८० पुस ११  प्रेस विज्ञप्ती जारी गरी बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिएको जनाएको छ । 

महालक्ष्मी विकास बैंकले जारी प्रेस विज्ञप्तिका अनुसार 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता नै गरेर विशेष छुट दिने व्यवस्था  गरेको हो ।    

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट यस प्रकार रहेको बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै बैँकले जनाएको छ ।