सन्दीप लामिछाने दोषी ठहर : सजाय हुने कति हुने पुस २५मा निर्धारण हुने

सन्दीप लामिछाने दोषी ठहर : सजाय हुने कति हुने पुस २५मा निर्धारण हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०८०

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान  सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले एक नाबालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका  जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय कति हुने भन्ने अर्को इजलासले निर्धारण गर्ने भएको छ । ३ वर्षभन्दा वढी सजाय हुने भए अर्को इजलास बसेर निर्धारण गर्ने कार्यविधि छ । कार्यविधि अनुसार पुस २५ गते सजाय हुने भएको छ । 

क्रिकेटर लामिछानेले गौशालाको एक होटलमा लगेर १८ वर्ष उमेर नकटेकी एक बालिकालाई बलात्कार गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । 

गौशाला २६ को जाहेरीमा १४ कात्तिक २०७९ मा दर्ता भएको जर्बजस्ती करणी सम्वन्धि उक्त मुद्दामा लामो सुनुवाइपछि आज फैसला भएको हो । 

यो फैसलासँगै चर्चित क्रिकेटर लामिछाने दोषी ठहर भएका छन् । उनले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न पाउने सुविधा भने पाउनेछन् ।