बालकुमारी घटना: शाह र रावतको मृत्यु,७३ जना पक्राउ,७ सुरक्षाकर्मी घाइते, छानविन समिति गठन

बालकुमारी घटना: शाह र रावतको मृत्यु,७३ जना पक्राउ,७ सुरक्षाकर्मी घाइते, छानविन समिति गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा  भएको प्रदर्शनका क्रममा  दुई जनाको मृत्यु प्रहरीले ७३ जनालाई पक्राउ गरेको  घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, 'उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।' उहाँले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताउनुभयो । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो । 

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली९इपिएस०को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै   हवाइ फायर गरेको थियो ।

 यसैवीच  गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय  छानविन समिति गठन बनाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। समितिमा डीआईजी आचार्यसँगै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहनु भएकाे छ । ।