राष्ट्रपति डोनाल्ड ट्रम्प मानसिक रोगी !!

राष्ट्रपति डोनाल्ड ट्रम्प मानसिक रोगी !!

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य ठीक नभएको प्रमाणित गर्न डेमोक्रेट नेताहरुले कैपिटल हिलमा एक कार्यक्रम गर्ने योजना बनाई रहेका छन् ।

येल यूनिवर्सिटीका मनोचिकित्सक तथा  बेस्ट सेलिंग बुक ‘डेंजरस केस अफ डोनाल्ड ट्रम्प : साइकाइट्रिस्ट एंड मेंटल हेल्थ एक्सपर्ट एसेस ए प्रेसिडेंट’ की लेखिका डा. बैंडी ली ले कार्यक्रममा ट्रम्पको मानसिक स्वास्थ्यको  बारेमा चर्चा गर्ने बताइएको उक्त कार्यक्रममा कांग्रेसका (अमेरिकी संसद) नेता तथा संचार माध्यमको पनि उपस्थिति रहनेछ । 

डा. बैंडी ली ले नै सबैभन्दा पहिले ट्रम्पलाई मानसिक रोगी भएको बताएकी थिइन् । 

कार्यक्रममा सहभागी हुनका लागि सबै सांसदलाई आमन्त्रण गरिएको छ ।  

द हिल न्यूज पेपरका अनुसार ट्रम्पका विरुद्ध महाभियोगको प्रस्ताव लेराउने सांसद जोन यारमुथ (डी –केवाई) तथा जेमी रस्किन (डी–एमडी) ले कार्यक्रमको आयोजना गर्ने बताइएको छ । 

यारमुथका अनुसार कार्यक्रम जुलाइमा आयोजना गरिनेछ । कार्यक्रममा ट्रम्पको  गिर्दो मानसिक स्वास्थ्यका बारेमा कसरी आम नागरिकलाई सचेत बनाउने भन्ने योजना बनाइँदैछ । 

यारमुथ तथा ली ले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको यारमुथले बताए । डा. ली ले नै सबैभन्दा पहिले  ट्रम्पको मानसिक स्थितिको  बारेमा  बताएकी थिइन् । 

ली का अनुसार अहिलेसम्म यसको फरम्याट भने तयार भएको छैन् । एक मनोचिकित्सक भएका नाताले सार्वजनिक रूपमा राष्ट्रपतिको बिग्रँदो मानसिक स्वास्थ्यका कारण हुने असरका बारे जानकारी गराउनु  उसको नैतिक जिम्मेवारी पनि हो । 

यारमुथले भने हालसम्म ट्रम्पको उपचार कसैले नगरेपनि उनी मानसिक बिरामीको आचार र व्यवहार सजिलै छ्ट्ट्याउन सक्छन् र यसका बारेमा आम नागरिकलाई जानकारी गराउनु उनको दायीत्व पनि हो । 

हालसम्म यो कार्यक्रममा कति जना सहभागी हुनेछन भन्ने बारेमा आयोजकले केही पनि बताएका छैनन् । 

ली द्वारा लिखीत किताब  डेंजरस केस अफ डोनाल्ड ट्रम्प : साइकाइट्रिस्ट एंड मेंटल हेल्थ एक्सपर्ट एसेस ए प्रेसिडेंटमा ट्रम्पको व्यक्तित्वको बारेमा विश्लेषण गरिएको छ ।

अमेरिकन साइकाइट्रिक एसोसिएशनका २७ मनोचिकित्सक तथा मनोवैज्ञानिकले यो किताब लेखेका हुन् । यी सबै २७ जना लेखकले ट्रम्पलाई मानसिक रूपमा बीमार बताएका छन् ।

उनीहरुले व्यक्तित्व विश्लेषणको अनेक आधार प्रयोग गरेर यो किताब लेखेका हुन् ।