प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने  निर्णय

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने  निर्णय

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २०, २०८०

 काठमाडौँ ।नेपालको सबैभन्दा जेठो पत्रकारिता 'साहित्यिक पत्रकारिता' ले भाषा र साहित्यको क्षेत्रमा पर्‍याएको दीर्घ योगदानको  सम्मान गर्ने  उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक  'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार'  र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' को स्थापना गरेको छ ।

 बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले 'साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषा सेवी  र स्रष्टाहरूको बौद्धिक उत्पादन शाला  भएको र  सबै तह तप्काको प्राज्ञिक खुराक हो ।यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्न सक्नुपर्छ ।' भन्नुभयो ।

बैठकले  'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। सातदशक देखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल जेष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक  पत्रिकाको सम्पादक  र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए ।अहिलेसम्म पनि निरन्तर रचना प्रकाशित भइरहेको छ ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार'  वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।  पाँचदशकदेखि  साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपालभाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको  'थौंकन्हे' साहित्यिक  मासिकमा २०४५ सालमा  आबद्ध रहनु भएको थियोे । उहाँ यसपछि  'थौंकन्हे' को  सम्पादक तथा प्रकाशक रहँदै आउनुभएको छ।यी दुवै पुरस्कारको राशि जनही ५०,०००र ९पचास हजार ०रुपैयाँ रहेको छ। उक्त पुरस्कार 
२०८० साल पुस २९ गते आइतवार  दिनको ठिक १।००बजे नेपाल प्रज्ञा(प्रतिष्ठानमा एक समारोहको आयोजना गरी  प्रदान गरिने जानकारी नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले बताउनुभयो ।


         सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला