दाढी, पगडीवाला अमेरिकी सैनिक

दाढी, पगडीवाला अमेरिकी सैनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाले  एक सैनिकलाई आफ्नो धार्मिक पहिचान सहित काम जारी राख्न सक्ने अनुमति प्रदान गरेको छ । यसले एक सिख युवकलाई दाढी पगडी सहितको धार्मिक पहिचानका साथ वायुसेनामा काम निरन्तर गर्ने अवसर मिलेको छ । 

वाशिंगटनको मेकार्ड एयरबेसमा एयरम्यान हरमनप्रीत सिंह बाजवाले अब दाढी पगडी सहित वायुसेनामा आफ्नो काम जारी राख्न सक्नेछन् । उनले २०१७ मा वायुसेनामा काम गर्न प्रारम्भ गरेका थिए । सैनिक पोशाकका कारण उनी अन्य धार्मिक समारोहमा सरिक हुन सक्दैनथे । 

अमेरिकी न्यूज चैनल एनबीसी न्यूजका अनुसार हरमनलाई सिख अमेरिकन वेटरन अलायंस तथा अमेरिकन सिविल लिबर्टीज यूनियनले यसका लागि धेरै मद्दत गरेको थियो । यसका कारण नै उनलाई धार्मिक पहिचान सहित एयरफोर्समा काम गर्ने अवसर प्राप्त भएको हो । 

यस अवसरका बारेमा हरप्रितले भने, ‘म वायुसेनाको यो फैसलाले धेरै खुशी छु । आज देशले सिख विरासत स्वीकार गरेकामा म वायुसेनाप्रति आभार प्रकट गर्न चाहन्छु । यसबाट मैले आफ्नो धर्म सँगसँगै देश सेवाको अवसर पनि पनि जारी राख्न सक्नेछु । 

दक्षिण कैरोलाइनामा तालिमका दौरान हरप्रितले आफ्ना सीनियरलाई धार्मिक प्रतिकको छुटका बारेमा अनुरोध गर्दा उनीहरुले त्यसलाई नकारात्मक रुपमा लिएका थिएनन् । 

यसभन्दा अगाडी २०१६ मा क्याप्टेन सिमरतपाल सिंहले पनि सेनामा पगड़ी तथा लामो कपालका साथ काम गर्ने अनुमति प्राप्त गरेका थिए । 

सन् २०१७ मा सेनाले आफ्नो नियममा परिवर्तन गरी सबै सिख सैनिकलाई आफ्नो धार्मिक प्रतीकका साथ काम गर्ने अनुमति दिएको थियो ।