एकीकृत समाजवादीबाट घनश्याम विश्वकर्मा र सावित्री मल्ललाई उम्मेदवार राष्ट्रिय सभा उम्मेदवार

एकीकृत समाजवादीबाट घनश्याम  विश्वकर्मा र सावित्री मल्ललाई उम्मेदवार राष्ट्रिय सभा उम्मेदवार

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०८०

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)  ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ ।
हिजो (आइतबार) बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। तीनै जनाबीच आज विहान भएको छलफलबाट उम्मेदवारको नाम टुङ्गो लगाएको हो।