प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा मोहमद मुक्तादा मुसलमान

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा मोहमद मुक्तादा मुसलमान

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १, २०८०

दोहा । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ। दोहाको क्राउन प्लाजा होटलमा हिजो सम्पन्न भएको अधिवेशनले मोहमद मुक्तादा मुसलमानको अध्यक्षतामा ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन गरेको हो।

अधिवेशनले मञ्चको उपाध्यक्षद्वयमा नन्द प्रसाद ढुंगाना तथा राम कुमारी तामाङ, सचिव रुक बहादुर रानाभाट, उपसचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जनलाई सर्बसम्मत चयन गरेको छ।

त्यसैगरी सदस्यहरुमा क्रमश तोयानाथ पौडेल, हेम आले मगर, मदन गिरी, उमेश मण्डल, बुद्धिचन्द राजबंशी, राजबिर यादव, जनम बर्देवा, शेख फयास, उमेश रेग्मी, पदम बहादुर रानाभाट, प्रबिण कडरिया, बिष्णु बहादुर बिष्ट, सूर्यदेब लामिछाने, सुनिता खड्का, प्रतिमा सेवा, कुसुम मादेन लिम्बु, सन्तोष प्रजा, पुन्य प्रसाद बिमलि, साजिद एकबाल, सगिर अहमद, सुसमित पाण्डे, भिम बहादुर क्षेत्री, किरण बहादुर सुनार, सुदिप थापा मगर, राज कुमार दर्जि, टंक बोहरा, कृष्णदिप कुमाल, पुष्प लामा, मसउद अजहर, शरद ज्ञवाली, दिपक बहादुर सिंह, अनिल गौतम, केवल बिश्वकर्मा, रिता ढकाल र  हैदर अलि रहेका छन् ।

साथै मञ्चको अनुशासन कमिटी अध्यक्ष भाईकाजि गुरुङ  निर्बाचन कमिटी अध्यक्ष रामसागर मेहता तथा सचिव  तरबेज आलम, लेखापरिक्षण कमिटी अध्यक्ष अमित लम्साललाई पनि चयन गरेको छ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा बाग्मती प्रदेशका पूर्व मुख्य मन्त्रि राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।प्रवास विशेष प्रदेशको संयोजन गर्ने केन्द्रीय सचिव राम कुमारी झाक्री तथा मञ्चका अन्तर्राष्ट्रिय संयोजक श्रीप्रसाद शाह अधिवेशनका विशेष अतिथी थिए।

कार्यवाहक अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा महासचिव थम कुमार गिरीको सञ्चालनमा भएको अधिवेशनलाई प्रवास समन्वय कमिटिका सल्लाहकार अध्यक्ष नरेश श्रेष्ठ एनआरएनए आईसीसी उपाध्यक्ष राज रेग्मी उपमहासचिव प्रविन गुरुङ मञ्चका कुवेत अध्यक्ष युवराज गैरे लगायत कतारका क्रियाशील संघसंस्थाका प्रतिनिधिले अधिवेशन सलताको शुभकामना दिएका थिए।