गरिमा विकास बैंक: ५० लाख सम्मको आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक

गरिमा विकास बैंक:  ५० लाख सम्मको आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ४, २०८०

गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घर–आफ्नै व्यवसाय' को सपनालाई साकार पार्ने उद्देश्य सहित  ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जनाउनु भएको छ ।

उपाध्यायका अनुसार  कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत  प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।  

यो योजन अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नुहुनेछ ।  

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ  ।