जोडी भाग्यले होइन डिएनएले बन्छ

जोडी भाग्यले होइन डिएनएले बन्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडा‌ै‌ं, एजेन्सी । नेपालमा जीवनसाथी जुराउनका लागि चिना हेर्ने चलन यद्यपि छँदैछ । तर प्रविधिको विकाससँगै जापानको एक कम्पनीले जीवनसाथी जुराउनका लागि डिएनए जुराउने अनौठो सेवा प्रारम्भ गरेको छ । 

कम्पनीले अनुहार, पेशा शारीरिक बनावटलाई छोडेर डिएनए जुराउने अनौठो प्रचलन शुरु गरेको छ ।

डिएनए मैचमैकिंग कंपनी नोज्जे को यो सेवालाई जापानका युवा वर्गले रुचाएको देखिन्छ । प्रत्येक महिना करीब २०० जनाले यो सेवा लिइरहेका छन् ।

करीब २५ वर्ष देखी जोडी मिलाउने काम गर्दै आएको कम्पनीले टोकियो नजिकै गिंजा भन्ने स्थानमा एउटा मैचमैकिंग पार्टी आयोजना गरेको थियो । त्यहाँ २६ जनाले जीवनसाथी प्राप्त गरे । 

यहांको मैचमैकिंग पार्टीमा जोडीको समानताको प्रतिशत करीब ८० रह्यो । एक युगल जोडीको म्याचिंग प्रतिशत भने ९८ रह्यो । 

म्याचमैकिंगमा पुरुष तथा  महिलाको उमेर  क्रमश ४१ तथा ३२ वर्ष रहेको छ । .महिलाका अनुसार यो म्याचिंग पछि कुरा गर्न सहज भयो भने पुरुषका अनुसार कोही आफूसँग यति समान हुन्छ भन्ने जान्ने अवसर प्राप्त भयो । 

नोज्जेको यो सेवामा संलग्न हुनका लागि २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ भने डीएनए म्याचिंगका लागि अलग्गै ३४हजार रुपैयाँ दिनुपर्ने हुन्छ । नोज्जेले डीएनए टेस्टिंगका लागि शिनागावा ल्याबमा नमूना पठाउँछ ।

टेस्टिंग पछि ल्याबले जोडीको समानताका लागि अंकको रुपमा रेटिंग निर्धारण गर्छ । यदि जोडीको एचएलए जीन कम्प्लेक्स पटक्कै नमिलेका खण्डमा १०० प्रतिशत रेटिंग गरिन्छ । 
 

जापानमा पहिलो पटक शुरु भएको यो सेवाका बारेमा कम्पनीको भनाई छ, कोही परम्परागत रुपमा भेटघाट गर्न मन नपराउने तथा अन्र्तमुखी स्वभावका मानिसका लागि यो उत्तम विकल्प हो ।