कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक 'पावर बाई स्पोन्सर'  डिशहोम फाइबरनेट

कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक 'पावर बाई स्पोन्सर'  डिशहोम फाइबरनेट

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ११, २०८०

ललितपुर ।  नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन फाल्गुण ३ र ४ गतेबाट निरन्तर प्रसारण हुनेछ ।

होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिशमिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र एडी रिलिज बीच कार्यक्रमको 'पावर बाई स्पोन्सर' क्याटेगोरीमा सम्झौता भएको छ । 

तेस्रो सीजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु पर्ने छैन । 

कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका सिइयो शिशिर पछाईले कान्तिपुरले कार्यक्रम प्रबर्द्धनका दौरान स्तरीयतामा ध्यान दिदै बिज्ञापन दातालाई ढुक्क हुन् आग्रह गरे। बिगतका सिजनको लोकप्रियता र  विवादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरज सिंह ठकुरीले उत्पादन टिम प्रति आफ्नो बिश्वास रहेको र समुदाय, परिवार र धर्म, बर्ग, लिङ्गको आधारमा विभेद हुने कन्टेन्टमा आफु सिरियस भएको र संगै कम्तिमा परिवार संगै बसेर हेर्न सकिने समाजलाई पाच्य हुने बिषय बस्तु कार्यक्रममा आउने बिश्वास व्यक्त गरे । 

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

 यस सिजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्ने छन भने टेलिभिजनको प्रशारण सकिने बित्तिकै ओयसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ। डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो ।