पुनर्निर्माण भयो रसुवागढी पुल

पुनर्निर्माण भयो रसुवागढी पुल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडाैं । ०७२ सालकोे विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रसुवागढी स्थित नेपाल–चीन सीमाको मितेरी पुलमा  पुनर्निर्माणपश्चात जेठ २३ गते बिहान १० बजेबाट सवारी साधन चलाउन थालिएको छ ।

गत बैशाख देखी निर्माण कार्य थालिएको पुलको लम्बाई १ सय १० मिटर तथा चौडाई ९ मिटर रहेको छ । 

नेपाल सरकार र चीनबीच भएको सम्झौता अुनसार चिनियाँ अनुदानमा पुलको  पुनर्निर्माण भएको हो । 

पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी तान् सुन रोड एण्ड ब्रिजले गरेको हो।

पुलको नेपालतर्फको आधा भाग भूकम्पले क्षतिग्रस्त बनाए पछि बेलीब्रिज राखेर सवारी संचालन गरिँदै आएको थियो । 

जेठ २३ गतेबाट पुलमा आवतजावत सुरू भए पनि औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छैन् ।