'सङ्घीय संस्कृति नीति-२०८० 'को मस्यौदा प्रधानमन्त्रीलाई हस्तान्तण

'सङ्घीय संस्कृति नीति-२०८० 'को मस्यौदा  प्रधानमन्त्रीलाई हस्तान्तण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०८०

काठमाडौँ । सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रतिष्ठानका प्रमुख संरक्षक तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' लाई भेटी  'सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल' मस्यौदा हस्तान्तरण गरेको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा 'सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल'  गठन गरेको थियो  । 

'सङ्घीय संस्कृति नीति-२०८० 'तर्जुमा  गर्ने  जिम्मा  कार्यदलका सदस्यहरूमा पूर्व व्यवस्थापिका संसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा.अमर गिरी ,पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, संस्कृतिविद् हरू  प्रा. डा. प्रेम खत्री, प्रा. डा. वीणा पौड्याल डा. डिल्ली वली,डा। टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नविन सुब्बा र  शिवराज रेग्मी सदस्य रहेको समितिलाई  जिम्मेवारी  दिइएको थियो ।