रहर कि बाध्यता: मोहनविक्रम सिंह ८५ वर्षमा कार्यकारी !

रहर कि बाध्यता:  मोहनविक्रम सिंह ८५ वर्षमा कार्यकारी !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २४, २०७६

काठमाडौँ ।  भनिन्छ, मानिसको सक्रिय जीवनको निश्चित समय हुन्छ । त्यसमा पनि राजनीति गर्नेको त उमेर हद अवाश्यक हुने गर्छ । औपचारिक रूपमा एउटा पार्टीको महाधिवेशनबाट ८५ वर्षीय नागरिकलाई पार्टीको महासचिव जस्तो जिम्मेवारी नै सुम्पियो भने त्यो अनौठो र अचम्म लाग्न सक्छ ।

तर त्यस्तै अनौठो  अनौठो र अचम्म लाग्दो काम  नेपालमा भएको छ । केही दिन अघि काठमाडौँमा भएको एउटा पार्टीको महाधिवेशनबाट ८५ वर्षीय नागरिकलाई पार्टीको महासचिव चयन गरिएको छ  भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।  तर त्यस्तै काम गर्‍यो अर्धभूमिगत रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को ८ औँ महाधिवेशनले मोहनविक्रम सिंहलाई महामन्त्री चयन गरेको छ ।

उमेरले ८५ वर्ष पुगिसकेका व्यक्तिलाई पार्टीको कार्यकारी पद महासचिव हुने रहले एक पटक पुन त्यो कुर्सीमा आसीन गराएको छ ।  उमेर ढल्कँदै गएपछि कार्यकारी मात्र होइन पुरै जिम्मेवारीबाट हट्ने आराम गर्ने समयमा पार्टीकै कार्यकारी पदमा रहनु आश्चर्य जस्तै भएको छ । तर नेपाल वा नेपाल जस्तै अन्य मुलुकमा त्यो सम्भव देखिएको छैन । अहिले सरकारी तहमा उमेरले बुढ्यौली लागिसकेपछि विश्राम लिन आराम गर्ने प्रचलन हुर्कँदै आएपनि नेकपा मसालभित्र भने त्यो लागु भएन । 

विक्रम संवत् १९९२ वैशाख ३ गते काठमाडौँमा जन्मिएका सिंहले नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर नेतृत्व गर्दै आएका छन् ।  विक्रम संवत् २००७ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका सिंहले विक्रम संवत् २०१० सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । विक्रम संवत् २०४६ सालदेखि अर्धभूमिगत रहँदै आएका सिंह आठौँ महाधिवेशनबाट पाँचौँ कार्यकालका लागि महामन्त्री चयन भए । काठमाडौँमा एक हप्तासम्म चलेको महाधिवेशनले २७ पूर्ण, ९ वैकल्पिक र ९ जना सल्लाहकार सहित ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको एक नेताले जानकारी दिए । जेठ १६ गतेदेखि २२ गतेसम्म काठमाडौँमा अधिवेशन सम्पन्न भएको हो । सो महाधिवेशबाट केन्द्रीय समिति सदस्यहरुचित्रबहादुर केसी,कृष्ण पौडेल,रश्मिराज नेपाली,दुर्गा पौडेल,मिना पुन, आनन्द शर्मा,गङ्गा पौडेल,रामबहादुर बुढा,बमबहादुर खत्री,कृष्णबहादुर खड्का, दुर्गाबहादुर केसी,अमर थापा,कृष्ण थापा,कृष्ण अधिकारी,काशीनाथ पोख्रेल,सुरेश थापा,हिमलाल पुरी,भैरव रेग्मी,जनकराज शर्मा,मनोज भट्ट, आरसी भट्ट,शङ्कर बराल,चन्द्रबहादुर केसी,शेरबहादुर बिसी,दुर्गानाथ खरेल,रामप्रकाश पुरी रहेका छन् । 

त्यसगरी वैकल्पिक केन्द्रीय सदस्यहरूमा हरिकृष्ण पाण्डे, शिव पौडेल,ध्रुववीर पुन,वासु पोख्रेल,कृष्णराज पाण्डे, हरिकान्त शर्मा,निमबहादुर बुढा, तुलसी सापकोटा, रत्नविक्रम प्यासी रहेका छन्  । पार्टीको महाधिवेशनबाट सल्लाहकारहरूमा चेतनाथ आचार्य, बद्रे आलम,हरि आचार्य,ठाकुर खनाल,राजेश विक,राजाराम चौधरी, छविलाल सुर्तुङी,तारा थापा, मधु क्षेत्री रहेका छन् ।