आहा रारा गोल्डकपको सेमी फाइनल र फाइनल  डिशहोम गो मा एचडी क्वालिटीमा

आहा रारा गोल्डकपको सेमी फाइनल र फाइनल  डिशहोम गो मा एचडी क्वालिटीमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १९, २०८०

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ ।

सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा विहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ ।