युवराज चौलागाईंको नझुक्याउ बोलको गीत सार्वजनिक

युवराज चौलागाईंको नझुक्याउ बोलको गीत सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २३, २०८०

काठमाडौँ ।  गायक तथा संगीतकार युवराज चौलागाईं को नझुक्याउ बोलको गीत रिलिज भएको छ ।  

यो गीतमा माया र सम्बन्ध मा हुने गरेको धोका र विश्वासघातको बिषय लाई उत्कृष्ट ढंग प्रस्तुत गरिएको छ । सो गीत चौलागाईंको आफनै नामको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज  भएको छ ।

युवराज चौलागाईं को स्वर  तथा संगीत  रहेको यो गीतको रचनाकार दिपिका रिमाल थापा हुन् भने गीतमा एरेन्ज श्यामस्वेत रसाइलीको रहेको छ । 

यस्तै भिडियो निर्देशन शान थापाले गरेको उक्त गीतको छायांकन अर्जुन  तिवारीले गरेका हुन् । गायक युवराज चौलागाईं स्वयंको अभिनय रहेको उक्त गीतमा चर्चित मोडेल कुसुम शर्माले उनलाई साथ दिएकी छिन् । गीतको भिडियो कन्सेप्ट राज आचार्यको रहेको छ ।