कामना न्यूज पव्लिकेसन्सका संस्थापक श्रेष्ठको संझनामा रक्तदान

कामना न्यूज पव्लिकेसन्सका संस्थापक श्रेष्ठको संझनामा रक्तदान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०८०

काठमाडौं । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव  नेपालका संस्थापक समाज  सेवी भारतलाल श्रेष्ठको संझनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

‘रक्तदान जीवन दान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा  द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा  रक्तदान गरेका थिए । 

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । रक्तदानमा सहभागी भएका रक्तदाताहरुलाई कामना न्यूज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र केन्द्रिय रक्त संचार सेवाका निर्देशक पवनकुमार गुप्ताले प्रमाणपत्र वितरण गर्नु भएको थियो । 

त्यस्तै श्रेष्ठको संझनामा आयन्स क्वल अफ विशाल बजार र विशाल बजार व्यापार संघले पनि बिहीबार नै बिशाल बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।