अन्तर्राष्ट्रिय पुस्तक दिवस:  प्रज्ञा पुस्तक प्रदर्शनी सुरु

अन्तर्राष्ट्रिय पुस्तक दिवस:  प्रज्ञा पुस्तक प्रदर्शनी सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला (२०८० को आयोजना गरेको छ ।यस पुस्तक प्रदर्शनीको आयोजना २०८० फागुन १८ गतेसम्म रहने छ ।

यस पुस्तक प्रदर्शनीको उदघाटन प्रज्ञा(प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको थियोे। यसै क्रममा कुलपति राईले पठन संस्कृतिलाई व्यापक तुल्याउने उद्वेश्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको हो भन्नु भएको थियोे ।उहाँले प्रज्ञा(प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठक सामू पुर्याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोडदिनु भएको थियोे ।यस क्रममा उहाँले अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञालाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको छ भन्नु भएको थियोे ।

यस प्रदर्शनीमा प्रज्ञा(प्रतिष्ठानबाट प्रकाशित शब्दकोष,समालोचना, खोज अनुसन्धान,भाषा,साहित्य,दर्शन,सामाजिक, इतिहास,कला,र संस्कृति लगायतका विधागत पुस्तकहरू राखिएका छन् । 

यसै क्रममा आम पाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर 'प्रज्ञा नेपाली बृहत् शब्दकोश'   लगायत एक हजार  थान भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएका छन् । यस प्रज्ञा-प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले  २०देखि ४० प्रतिशतको विशेष छुटमा खरिद गर्न सक्ने छन्। यस प्रदर्शनीमा ५९रु पाँच० मूल्य रहेको काव्यर्चना देखि      तीन हजार तीन सय पाँच रूपैयाँर मूल्य रहेको 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' सम्म राखिएको छ।