बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा वसन्तपञ्चमीका दिन कविगोष्ठी

बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा वसन्तपञ्चमीका दिन कविगोष्ठी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०८०

ललितपुर ।बुद्धि विकास मण्डल ललितपुरस्थित लगनखेलले उत्साहपूर्वक  वसन्तपञ्चमीका  दिन आफ्नो वार्षिकोत्सव भव्य कविगोष्ठीको रूपमा मनाएको थियोे।       

यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले  उक्त कविगोष्ठीको उदघाटन गर्दै  दही जस्तै ६६ वर्षदेखि सीमित घेराभित्र जमेर बसेको प्रज्ञा-प्रतिष्ठानलाई चलायमान र तरङ्गीत पार्दै विविध विषय वस्तुमाथि प्राज्ञिक बहस गर्दा कतिपयलाई असह्य भएको बताउनु भएको थियोे । उहाँले गाउँगाउँका समुदायको  रैथाने ज्ञान ,सीप र प्रत्येक विषयमा प्रज्ञा(प्रतिष्ठानले विमर्श थाल्दा कतिपय  परम्परावादीहरू तरङ्गीत भएको बताउनुभएको थियोे । उहाँले अपवाद छाडेर कवि वा  साहित्यकारले  भ्रष्टाचार गरेको पाइदैन । त्यसकारण कविगोष्ठीको आयोजना  गरेर बुद्धि विकास मण्डलले कवि चेतनालाई मुखरित गरेकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।
     

यसैगरी  नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा सरस्वतीलाई नेपाली समाजले विद्याको प्रतीकको रूपमा स्वीकार गरेको बताउँदै  कविता विचार ,कला र सौन्दर्यद्वारा प्रदत्त हुने विषयमा जोड दिनु भएको थियोे ।उहाँले प्राविधिक रूपमा शब्द र वाक्य जोड्दैमा  कविता हुन नसक्ने उल्लेख गर्नुभएको थियोे ।साथै उहाँले आफ्नो कविता समेत सुनाउनु भएको थियोे ।
     

यस कार्यक्रमका अतिथि ललितपुर महानगरपालिकाका वर्डा न।५ का अध्यक्ष विकासमान श्रेष्ठले बुद्धि विकास मण्डलले विभिन्न सहयोग ,सांस्कृतिक र सामाजिक काम गर्दै आएको थियोे । साथै ,संस्थाले कविगोष्ठी  आयोजना गरेकोमा प्रशंसा गर्दै कविता भनेको जीवन हो ।यस प्रकारका गतिविधिलाई अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियोे ।
    यस कविगोष्ठीमा पुरुषोत्तम ढुङ्गाना ,पुनम निरौला ,शोभादेवी प्रधान श्रेष्ठ , राधा चालिसे, सुनिल पुरी , मणिराज सिंह , राधा कार्की ,अर्पणा केसी ,द्वारिकानाथ खनाल,चन्दना अर्याल,बुद्धि महर्जन र सिर्जना सरोवर लगायतले आआफ्ना कविता वाचन गर्नु भएको थियोे ।
 

 यस संस्थाले वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न गर्नका लागि केदार कार्कीको संयोजकत्व र  सुधाकर ढुङ्गानाको सहसंयोजकत्वमा श्यामबाबु केसी ,रामशरण महत र शिवप्रसाद शर्मा सदस्य रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियोे ।
 

 यसैगरी बुद्धि विकास मण्डलका कोषाध्यक्ष तथा कविगोष्ठीका  संयोजक केदार कार्कीले  स्वागत मनतव्यसहित कार्यक्रमका बारेमा प्रकाश पार्दै  २०१० सालमा स्थापना भएको ७० वर्ष पुरानो यस संस्थाले विभिन्न  खेलकुद, सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन  गर्दै आएको सर्वविदितै छ। यसपटक  वार्षिकोत्सवको अवसरमा नेपालका वरिष्ठ  र नयाँ कविहरूलाई समेटेर  कविगोष्ठी राखिएको छ ।यस कविगोष्ठीले संस्थालाई अवस्य नयाँ उत्साह प्रदान गर्ने छ  भन्नु भएको थियोे ।

यसैगरी बुद्धि विकास मण्डलका अध्यक्ष पवनकुमार राना मगरको अध्यक्षतामा  वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न भएको थियो।यसै सन्दर्भमा धन्यवाद ज्ञापनसहित उहाँले यस संस्थाले खेलकुद र  सामाजिक  क्षेत्रमा गतिविधि गर्दै आइरहेको छ । कुनै पनि विचार र चेतनाको उच्चतम रूप कवि वा साहित्यकारमा हुने भएकाले संस्थाको वार्षिकोत्सवको अवसरमा कविगोष्ठीको आयोजना गरिएको बताउनुभएको थियोे । 

यस संस्थाका सचिव सुधाकर ढुङ्गानाले  कविगोष्ठीको  सञ्चालनसहित कविता वाचन   गर्नुभएको थियोे । 
                                                                                                                                                                 समाचार सम्प्रेषण -प्राज्ञ चेतनाथ धमला