बीमा सर्भेयर संघको अध्यक्षमा मोहन पुरुष ढकाल पुनः निर्वाचित

बीमा सर्भेयर संघको अध्यक्षमा मोहन पुरुष ढकाल पुनः निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०८०

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनः निर्वाचित हुनुभएको छ । संघको यहाँ सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी संघका सदस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहनुभएको छ ।

एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट  माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गर्नुभयो ।