नेपाली कांग्रेस : जनसम्पर्क समिति वेलायतका ६ जना महासमिति सदस्य चयन

नेपाली कांग्रेस : जनसम्पर्क समिति वेलायतका ६ जना महासमिति सदस्य चयन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ ।

नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रतिनिधि मध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् ।

जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश वहादुर गुरुङ महासमिति सदस्यमा चयन गरेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति वेलायतको पाचौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै समितिको बिधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।