नेपाली जन प्रगतिशील मञ्च कतारको महाधिवेशन मार्च १ मा

नेपाली जन प्रगतिशील  मञ्च कतारको महाधिवेशन मार्च १ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०८०

कतार।'संसारका मजदुरहरु एक होऔ'  भन्ने मुल नाराका साथ २००७ मा स्थापना भई  निरन्तर श्रमिकको हकहितको पक्षमा काम गर्दै आएको नेकपा (माओबादी)केन्द्र निकट  संगठन नेपाली जन प्रगतिशील मञ्च कतारको छैटौं महाधिवेशन हुने भएको छ । 

१ मार्च २०२४ शुक्रबारका दिन मुन्तजामा रहेको होटल होलिडे भिल्लाको सभाहलमा छैटौं महाधिवेशन गर्न लागेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले सुदर्शन खबरलाई जानकारी गराएका छन ।

नेपाली जन प्रगतिशील मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो । छैटौं  महाधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा नेपाल सरकारका पूर्व गृहमन्त्री, पूर्व उर्जामन्त्री, पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका  उपमहासचिव जनार्दन शर्मालाई प्रमुख अतिथिको रुपमा ल्याउने जानकारी आयोजकले दिएका छन् ।  त्यस्तै गरि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथ प्रवास समन्वयय कमिटी नेपाली जन प्रगतिशील मञ्चका सह इन्चार्ज लक्ष्मण पन्थ, जनवादी गायक नवीन खड्का र नेपाली जन प्रगतीशील मञ्च पश्चिमी एसिया का संयोजक  तथा प्रवास समन्व कमिटीका सदस्य शनि कुमार ओलीको पनि सहभागिता रहने छ ।

NPPF कतारले यसै महाधिवेशनको अवसरमा कतारमा स्थापित सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवीहरु, विभिन्न सामाजिक अभियन्ताहरु, बुद्धिजिबिहरु, पत्रकारहरु, कलाकारहरु साथै कतारलाई कर्मथलो बनाई बसेकाका सम्पुर्ण आस्थावान नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई उपस्थितिको लाई आह्वान समेत गरिएको छ । महाधिवेशनको खुला सत्रमा नेपाली रास्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक कार्यक्रम पनि हुने आयोजकले बताएको छ ।