धरानमा 'मातृभाषा राष्ट्रिय कविता महोत्सव': प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण

धरानमा 'मातृभाषा राष्ट्रिय कविता महोत्सव': प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०८०

सुनसरी।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२४ को उपलक्ष्यमा  पहिलो चरणमा धरान उपमहानगरपालिका-८  सिरिजङ्गाचोकमा स्थापित लिम्बू भाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । यस अवसरमा विभिन्न जनजातिका झाकी समेत प्रदर्शन गरिएको थियोे ।

यसपछि 'मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०' को आयोजना धरानस्थित लाङ्घाली सभा भवनमा दोस्रो चरणको कार्यक्रम गरिएको थियोे ।
महोत्सवका सभाध्यक्ष तथा  प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले कार्यक्रम समापनका  क्रममा भाषाको शक्ति भनेको सञ्चार गर्नु हो।मातृभाषा विना एक  सेकेन्ड पनि बाँच्न सकिँदैन ।

राज्यले भाषामाथि विभेद गरेको छ ।स्थानीय तहले बाटोघाटो  बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन । भाषाको उत्थान र विकासका लागि स्थानीय तहमा बजेट आउँछ तर त्यसमा खर्च नगरी  रकमान्तर गरेको भन्ने सुनिन्छ,यो  दु:खद्  हो  भन्दै आपत्ती प्रकट गर्नु भएको थियोे। उहाँले भाषा जागरणसम्बन्धी अभियान देशैभरि  चलाउने उद्देश्यले पहिलोपटक प्रज्ञा-प्रतिष्ठानले काठमाडौँ बाहिर 'मातृभाषा राष्ट्रिय कविता महोत्सव' को आयोजना धरानमा गरेको बताउँदै प्रज्ञा-प्रतिष्ठान सबै समुदायको भएकाले 'सबै भाषा सबै ज्ञान :सबैको प्रज्ञा-प्रतिष्ठान' भन्ने उद्घोष सहित पहिलेको केन्द्रीकृत ज्ञानलाई अब विकेन्द्रित गर्दै  अघि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभएको थियो ।

यसै कार्यक्रमका प्रमुख अतिथि धरानका ज्येष्ठ  नागरिक १०३ वर्षीय चन्द्रमाया कटवालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उहाँलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका  कुलपति  राईले प्रशंसा(पत्र प्रदान गर्नुभएको थियोे।

यसैगरी कार्यक्रमका विशेष अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले  सेवाग्राहीको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउँदै मातृभाषा आफैँमा राष्ट्रिय भाषा हो जाति आफैँमा राष्ट्र हुन भन्नु भएको थियोे ।उहाँले प्रकृतिलाई हेर्ने दृष्टिकोण किराती लगायतका जनजातिको आआफ्नै छ ।प्रकृति ,संस्कृति र प्रतिनिधि तीन कुराको तारताम्य मिले मात्रै विकास हुने  बताउँदै आफू तिन चुला पुज्ने व्यक्ति भएकाले श्रमदानको  अभियान चलाएको उल्लेख गर्नुभएको थियोे ।

उहाँले भाषासँगै इतिहास र संस्कृति जोडिएको हुन्छ  ।राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठुलो शासन हो भन्ने मेरो ठम्याइरहेको छ ।अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु । साथै, अङ्ग्रेजी भाषाको मोहले  आआफ्नो मातृभाषा नै लोप हुने अवस्था छ भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियोे ।

प्रमुख राईले नाक र रङको आधारमा कसैमाथि विभेद गर्न नमिल्ने बताउँदै  धरान बहुभाषिक समाज भएकाले 'बहुभाषिक पाठशाला'  बनाउन लागेको बताउँदै कम्तीमा हप्ताको तिन दिन चाहिँ श्रमदान गर्नेगरी श्रम संस्कृतिलाई  पाठ्यपुस्तकमा राख्नुपर्ने जोड दिनुभएको थियोे ।उहाँले  यस मातृभाषा महोत्सवमा बान्तवा राई भाषामा 'एमएमको हजुर' ... बोलको गीत गाउनुभएको थियोे ।

कार्यक्रमको उद्‌धोषणका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा-धनप्रसाद सुवेदीले  प्रज्ञा-प्रतिष्ठान सबैको अपनत्वमा पर्योस् भन्ने उद्धेश्यका साथ काठमाडौँभन्दा बाहिर बहुभाषिक पहिचान बोकेको धरानमा 'मातृभाषा राष्ट्रिय कविता महोत्सव' को आयोजना गरिएको हो , यस महोत्सवले सबैलाई ध्यानाकर्षण गरेको बताउनु भएको थियोे ।

यस महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले स्वागत मन्तव्यका  क्रममा प्रज्ञा-प्रतिष्ठानलाई आम समुदाय माझ पुर्याउने उद्देश्य अनुरूप कार्यक्रमको आयोजना गरिएको बताउनु हुँदै मातृभाषाको जागरण र उत्थानका निम्ति सँधै लागिपर्ने बताउनु भएको थियोे ।

यसैगरी  प्रज्ञा-प्रतिष्ठानले  प्रत्येक वर्ष प्रदान गर्दै आएको  'प्रज्ञा मातृभाषा साहित्य पुरस्कार' यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १र१ लाख अर्पण गरिएको थियोे ।प्राधानाङ्ग अस्वस्थ भएकाले उपस्थित हुन सक्नु भएन तसर्थ  प्रतिनिधिमार्फत सो पुरस्कार समर्पण गरिएको थियो ।

यस महोत्सवको दोस्रो चरणमा  मातृभाषा पुरस्कार अर्पण , शुभकामना मन्तव्य र विद्वत प्रवचन राखिएको थियोे ।यसै क्रममा  भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले आफ्नो विद्वत प्रवचनमा भाषा विचार विनिमयको सशक्त माध्यम र सञ्चार हो ।प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन भन्नु भएको थियोे ।उहाँले  कुनै पनि एउटा भाषाको मृत्यु हुनु भनेको एउटा सभ्यता समाप्त हुनु हो।राज्यको एकभाषा नीतिले अल्पसङ्ख्यक भाषाहरू लोप हुन पुगेको  बताउनुभएको थियोे ।निरङ्कुश राणा र राजतन्त्रका कारण अल्पसङ्ख्यक भाषाहरू लुप्त भएको  उल्लेख गर्दै राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर विभेद गर्नु राज्यले हुँदैन, सबै भाषालाई  राष्ट्रभाषा भन्नुपर्ने तर्क राख्नु भएको थियोे ।

यसैगरी महोत्सवको तेस्रो चरणमा 'मातृभाषामा साहित्यको अवस्था'  विषयक कार्यपत्र नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज सेर्मा लिम्बूले प्रस्तुत गर्नुभएको थियोे ।यसको  पूरक टिप्पणी मातृभाषाका अध्येता शोभा सुनुवारले गर्नुभएको थियोे । यसैगरी 'सरकारी कामकाजको भाषा स् कार्यान्वयनको चुनौती'  विषयक कार्यपत्र भाषा आयोगका निवर्तमान सदस्य अमृत योञ्जन तामाङले प्रस्तुत गर्नुभएको थियोे । यसको पूरक टिप्पणी डा। सोम धिमालले गर्नुभएको थियोे ।

यस महोत्सवमा 'स्थानीय तहमा मातृभाषा प्रयोग: अप्ठेरा-सफ्ठेरा' विषयक विमर्श कार्यक्रम स्थानीय जनप्रतिनिधिसँग राखिएको थियोे ।यस विमर्शमा धरान उपमहानगरपालिका सुनसरीका उपप्रमुख आइन्द्र बेघा, साँघुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली, देवानगन्ज गाउँपालिका सुनसरीका अध्यक्ष बेचन मेहत्ता र हतुवागढी गाउँपालिका भोजपुरका उपाध्यक्ष सुनिता किराती सरिक हुनुभएको थियोे ।यसको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा.विष्णुकुमार सिँजालीले गर्नुभएको थियोे ।
  यस पश्चात् 'मातृभाषा कविता साँझ' को आयोजना गरिएको थियोे । उक्त  'मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०' मा छनौट भएका ४४ वटा भाषाका ४४ वटा कविता प्रस्तुत गरिएको थियोे । 

यसैगरी अजितकुमार धिमालद्वारा धिमालमा रचित  'पुर्ना देरा' ,अम्बिका अधिकारीद्वारा  नेपालीमा  रचित  'सुधार हुन् सबै कुरा',अरुणप्रसाद चौधरीद्वारा रचित (पूर्व) थारुमा 'दिया बारैत एक नारी' , असोता नाछिरिङद्वारा रचित नाछिरिङ्मा  'काङ किरात नाछिरिङ' ,ऋतिक यादवद्वारा  भोजपुरीमा रचित 'मधेसी सहिदके पुकार' ,कमल सुच्चा राईद्वारा बान्तवामा रचित 'मिचिबुङु ,कमलादेवी दुराद्वारा दुरामा रचित  माइखुलोपा खड्गबहादुर सुनुवार (रोमन) द्वारा रचित सुनुवारमाुदेलु, चन्द्रमणि नेपालद्वारा  संस्कृतमा रचित इदीयं गृहम्,चोमु शेर्पा खुसीद्वारा शेर्पामा  रचित पोकि मिजि ,छम गुरुङद्वारा तमूक्हयेमा रचित 'नेपाल चेने होबो' ,जङ्गबहादुर राईद्वारा दुङ्मालीमा 'टेन चोप्सा', जेम्स ल्होमीद्वारा  ल्होमीमा रचित 'पेम्ब ज्यम्सी मेम्ब ढाङसी गो' ,ज्ञानदीप चाम्लिङ राईद्वारा चाम्लिङमा रचित 'यावानानी', टङ्कबहादुर आलेमगरद्वारा मगर ढुटमा रचित 'मगरढुटो रिल्हीङ–भोया', टेकबहादुर जिरेलद्वारा जिरेलमा रचित 'पुर्खे कथा थरिड बात जिरेल',तुल्सीकृष्ण प्रजापतिद्वारा नेपालभाषामा रचित 'वर्तमान' ,दिवस राई लोहोरुङद्वारा लोहोरुङमा  'सुनाली लेन्ठक हेम्मा' ,देव तोनिमीद्वारा बाहिङमा रचित 'खापी के आ रिदी गु बङा' , ध्रुवकुमार मण्डल अमातद्वारा रचित मैथिलीमा 'कोना न करतै भ्रष्टाचार' ,नरेन्द्र राई (नरेन्द्र कश्चित)द्वारा रचित छिलिङमा फुडालोक याङमेनछि,नीतिश केवरतद्वारा केवरतमा  रचित 'घेरेर बर्को बेटा' ,पदम रानाद्वारा राना थारुमा रचित 'हरबहिया',प्रवीण याम्फूद्वारा याम्फूमा रचित स्वामाची, बाली छत्थरे (बागदल खजुम लिम्बू)द्वारा रचित लिम्बूमा (मिक्किसो),भुवनेश्वर महतो कोइरीद्वारा मगहीमा रचित  (तस्वीर हे मगही),मीना पन्तद्वारा डोट्यालीमा रचित (मेरी जनमथली),रञ्जितकुमार राजवंशीद्वारा राजवंशीमा रचित (हालुवार गान),रविलाल ताजपुरियाद्वारा ताजपुरियामा रचित 
निशा,राकेश बि.एम.चिन्तनद्वारा मगरमा रचित नाङ्खार मगर,राम योन्जन गाउँलेद्वारा तामाङमा रचित 'ङाला म्हेमे',  रामकुमार पासवानद्वारा अवधिमा रचित 'हम मजदुर',  रेनुका कुमालद्वारामा कुमालमा रचित 'सुकृति', विशाल बिहानीद्वारा अछामीमा रचित 'कै खि थाहा छ र ?',विष्णु घर्ती ‘भनभनेली’द्वारा भुजेलमा  रचित 'मान्छे ल्हुङ',शिवचन्द्रप्रसाद शाहद्वारा बज्जिकामा रचित 'नेपाल–अङ्ग्रेजके ऐतिहासिक युद्धभूमि लडैया समनपुर', सन्जाकुमारी दनुवारद्वारा दनुवारमा रचित 'ऊ बत्तीु, सन्तोषीकुमारी चौधरीद्वारा थारुमा रचित 'धिरगर बहलमान' ,सम्पतलाल उराँवद्वारा उराँवमा रचित 'एग्हय अयंग भाखा' ,  सुबोध राईद्वारा थुलुङमा रचितुनेममिहे थिडणु,सोमा याक्खाद्वारा रचित'ुका कमाङ् लेङमा प्याङ्' ,सोहराई राय परबद्वारा सन्थालमा रचित  'सनामुनी हाँरदा' ,स्मृति अधिकारीद्वारा खसमा रचित 'सुइना' र हाजी गुलाम मुस्तफा नुरीद्वारा उर्दुमा रचित 'मोबाइलु लगायतका  मातृभाषाका कविता प्रस्तुत गरिएको थियोे ।

 यस राष्ट्रिय मातृभाषा कविता महोत्सवमा सरिक भएका कविहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले कदरपत्र प्रदान गर्नु भएको थियोे ।साथै महोत्सवको समापन पश्चात् सिरिजङ्गाको सालिकमा साँझ दिपावली गरिएको थियो ।यस दिपावलीमा कुलपति राई ,सदस्य सचिव डा।धनप्रसाद सुवेदी ,धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र बेघा र  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू डा।मधुसूदन गिरी,डा।कृष्णराज अधिकारी र राजन मुकारुङ,  प्राज्ञसभा सदस्यहरू प्रा.डा.खेमराज खनाल, चेतनाथ धमला, डा.बालाकृष्ण अधिकारी ,सुमित्रा बाङ्देल राई चेली, मुनाराज सेर्मा ,ईश्वर बुढाथोकी ,डा.विष्णुकुमार सिँजाली,दिलेन्द्र सुब्बा र रामहरि श्रेष्ठलगायतका उक्त  महोत्सवमा  सरिक रहनुभएको थियोे ।
   

समाचार सम्प्रेषण: प्राज्ञ चेतनाथ धमला