रेडियो लाङटाङको 'मारुनी नाच प्रतियोगिता २०८०'  फागुन २६ गते रसुवाकाे धैवुङमा

रेडियो लाङटाङको  'मारुनी नाच प्रतियोगिता २०८०'  फागुन २६ गते रसुवाकाे धैवुङमा
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०८०

रसुवाको धैवुङमा बागमति प्रदेशमै पहिलो पल्ट 'मारुनी नाच प्रतियोगिता २०८०' फागुन २६ हुने भएको रेडियो लाङटाङले जनाएकाे  छ ।

कालिका गाउँ पालिका वडा नम्वर २ स्याउबारीमा रहेको पर्यटन बिकास तथा सन्चार केन्द्र नेपालद्वारा संचालित रेडियो लाङटाङको आयोजनामा क्षेत्रिय स्तरको मारुनी नाच प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

समाजको सांस्कृतिक सम्वृद्धिको जिवित प्रमाणका रुपमा रहेको मौलिक बाजागाजा तथा नाच गान प्रवर्द्धन गर्ने र लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिँढीलाई लोक संस्कृतिको जानकारी दिन मारुनी नृत्य प्रतियोगिता  गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताए । 

उक्त प्रतियोगीतामा प्रथम हुनेलाई  पच्चीस हजार, द्वितीयालाई २०  हजार र तृतीय हुनेलाई १५  हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अहिले रसुवा नुवाकोट र धादिङमा पश्चिमा आयातित संस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मुल्य मान्यतालाई संरक्षण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।