न्यायाधीश नवराज थपलिया र  अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस

न्यायाधीश नवराज थपलिया र  अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०८०

काठमाडौँ ।न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । 

    प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानकारी दिनुभयो । 

    परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसक्नु भएको छ ।