सेतीमा माछा मार्न गएका एकको शब सशस्त्र प्रहरीले निकाल्यो, एकको खोजि कार्य जारी

सेतीमा माछा मार्न गएका एकको शब सशस्त्र प्रहरीले निकाल्यो, एकको खोजि कार्य जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०८०

कास्की ।  कास्की जिल्ला पोखरा महानगरपालिका- १७ महतगौडा स्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शब सशस्त्र प्रहरीले निकालेको छ भने एकको खोजि कार्य जारी  सशस्त्र प्रहरीले  जनाएकाे छ ।

सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शौलेन्द्र थापाका अनुसार  माछा मार्न गएका ५ जना मध्ये  सोही महानगरपालिका- १ कसेरी बस्ने  ४०  बर्षका  मंगा तामाङ्ग मृत अवस्थामा ढुङ्गामा अड्किएको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल  नं. २४ कालिका  गण कास्की बाट गएको गोताखोर र बिपद् उद्दार टिम सहितको फौजले गए राती  पौने १ बजे शब निकालेको छ । सोही ठाउँ बस्ने ४३ बर्षका  रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्दार टिमले  खोजी कार्य जारी राखेको  छ । शब पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाएको छ  । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।